माइतीघरमा ‘शहीदहरूको रगत नबिर्स’ भन्दै जेनजी समर्थकहरूको प्रदर्शन

सार्थक ब्यूरो। ‘जेन–जेड युनाइटेड’ नामक समूहले सोमबार माइतीघर मण्डलामा शहीदहरूको सम्झना र एकताको सन्देशसहित प्रदर्शन गरेको छ । प्रदर्शनमा बालबालिका, युवायुवती र शहीद परिवारका सदस्यहरू समेत सहभागी थिए ।
‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’, ‘शहीदहरूको रगत नबिर्स’ जस्ता नारा लेखिएका प्लेकार्डसहित उनीहरूले माइतीघर क्षेत्रमा प्रदर्शन गरेका थिए । सहभागीहरूले जेनजी आन्दोलनका क्रममा बलिदान भएका शहीदहरूको रगत व्यर्थ नजान दिन सरकार र समाज दुवै पक्षलाई सचेत गराएका छन् ।
प्रदर्शन स्थलमा राखिएको मुख्य ब्यानरमा “जेनजीको नाममा बदनामी हुँदैछ—कोही लुटपाट गर्दैछ, कोही पार्टी खोल्दैछ, कोही ब्राण्ड बनाउँदैछ, त्यसैले अब एक हुनैपर्छ” भन्ने सन्देश लेखिएको थियो ।जेनजी आन्दोलनको मूल भावना जोगाउन र शहीदहरूले देखाएको सपना पूरा गर्न सबै युवाहरू एकजुट हुनुपर्ने मागसहितको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित