सार्थक ब्यूरो।नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले विश्वमा समाजवादी आन्दोलन कमजोर हुँदा नेपालमा थप बलियो भएको बताउनुभएको छ।चीनको बेइजिङमा नोभेम्बर ३ र ४ मा आयोजना गरिएको ‘द क्रस रोड अफ वल्र्ड हिस्ट्री एण्ड द च्वाइस अफ पिपुल अफ अल नेसन्स’सम्बन्धी १५ औं अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता रिजालले सो कुरा बताउनुभएको हो । उहाँले नेकपा एमालेले आफ्ना पूर्वमहासचिव मदन भण्डारीले प्रतिपादन गरेको नेपाली विशेषताको समाजवाद जनताको बहुदलीय जनवाद ९जबज० का कारण समाजवादी आन्दोलन थप शसक्त बनेको बताउनुभएको छ ।
‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघि सार्नु भएको समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षाको आलोकमा नेपालमा समाजवादी आन्दोलन थप बलियो बनेको हो’ रिजालले सो सम्मेलनलाई सम्बोधन गर्दै भन्नुभएको छ ।
३३ वटा देशका करिब ३सय प्रतिनिधि सहभागी सो सम्मेलनमा रिजालले नेपालमा हालै भएको जेन जी आन्दोलन र यसका कारण र असरका बारेमा पनि स्पष्ट पार्नु भएको छ । रिजालले जेन जी आन्दोलनमा भएको आगलागी,ंिहंसा,व्यक्तिगत तथा सरकारी भवनमा आगजनी गर्ने काममा विदेशी प्रतिक्रियावादीहरुको षडयन्त्र रहेको बताउनुभयो । उहाँले खासगरी एमालेको नेतृत्वमा रहेको सरकारलाई बिस्थापन गर्न गरिएका अनेक प्रयास सफल नभएपछि जेन जीलाई प्रयोग गरेर हिंसा र विध्वंस्स मच्चाइएको बताउनुभयो । ‘जेन जी आन्दोलनका नाममा हिंसा,तोडफोड,आगजनी मच्चाएर एमाले नेतृत्वको सरकारलाई बिस्थापन गरिएको छ’ रिजालले सो सम्मेलनलाई सम्बोधन गर्दै भन्नुभएको छ ‘आन्दोलनपछि बनेको सरकार अलोकतान्त्रिक र गैह्र संवैधानिक छ ।’ रिजालले पुँजीवाद र साम्राज्यवादका विरुद्ध निरन्तर संघर्ष गर्नुपर्ने उल्लेख गर्नुभएको छ । यो काम चुनौतिपूर्ण भए पनि सर्वहारा वर्गको हितका लागि अनिवार्य भएको रिजालको भनाइ थियो । पाटी अध्यक्ष केपी शर्मा ओलीको भनाइ उधृत गर्दै रिजालले नेपालले जनताको समृद्धि र खुशीलाई नै समाजवादको अन्तिम लक्ष्य राखिएको बताउनुभयो । उहाँले नेपालमा संविधान माथी धावा बोलिएको सन्दर्भमा त्यसलाई सही लिकमा फर्काउनका लागि एमालेले शान्तीपूर्ण आन्दोलन र जनपरिचालनका कार्यक्रम अघि सारेको विश्व समुदायलाई जानकारी गराउनु भएको छ ।


















Discussion about this post