एनपीएलमा आज काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने

सार्थक ब्यूरो ।दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। उद्घाटन खेलमा जनकपुरलाई पाँच विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको काठमाण्डु उच्च आत्मविश्वासका साथ दोस्रो खेलमा उत्रँदैछ। अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिमका लागि समेत आजको खेल अंक तालिकामा सुदृढसँग उभिन महत्त्वपूर्ण मानिएको छ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो ४ बजे सुरु हुने खेलमा काठमाण्डुको कप्तानी करण केसीले Sambhal्नेछन् भने सुदूरपश्चिमलाई दीपेन्द्रसिंह ऐरीले नेतृत्व दिनेछन्। पहिलो सिजनमा फाइनल यात्रा पूरा गरे पनि उपाधि गुमाएको सुदूरपश्चिमले यसपटक पनि केही विदेशी सितारा भित्र्याउँदै टोली मजबुत बनाएको छ। अघिल्लो वर्षको स्क्वाडमै रहेका न्यूजिल्यान्डका स्कट कुगेइलिन र अमेरिकाका हर्मित सिंहलाई निरन्तरता दिँदै यस सिजन अष्ट्रेलियाका जोश ब्राउन र क्रिस लिनलाई समेत समावेश गरिएको छ।
सुदूरपश्चिमको स्क्वाडमा कप्तान ऐरीसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत, नरेन साउद र दीपेन्द्र थापा छन्। टोली बलियो देखिए पनि रणनीतिक पक्षमा कप्तान ऐरीको प्रदर्शन नै निर्णायक हुने अनुमान गरिएको छ।
चलिरहेको दोस्रो सिजनका सबै खेल कीर्तिपुरमै दिउँसो र राति हुनेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले हरेक खेलका लागि ९,४५० टिकट बिक्रीमा राखेको छ। मङ्सिर १ देखि २७ सम्म जारी रहने एनपीएलमा लिग चरण, तीन प्लेअफ र फाइनल मिलाएर कुल ३२ खेल तय गरिएको छ।
टिकट मूल्य साधारणतर्फ ५ सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ राखिएको छ। लिग चरणका अधिकांश दिनमा टिकट मूल्य ५ सय र १ हजार हुनेछ। प्लेअफका खेलमा भने साधारण टिकट १ हजार र प्रिमियम २ हजार पर्ने क्यानले जनाएको छ। यस सिजनका लागि १५ हजार रुपैयाँमा सिजनल टिकटको समेत व्यवस्था गरिएको छ।
प्रतिस्पर्धामा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरी कुल आठ फ्रेन्चाइज टोली सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित