कर्जा माग घटेपछि बैंकिङ प्रणालीमा तरलता थुप्रियो

सार्थक ब्यूरो । बजारमा कर्जाको माग कमजोर भएपछि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी निरन्तर बढ्दै गएको छ। हाल बैंक तथा वित्तीय संस्थाहरूमा ११ खर्बभन्दा बढी ‘फ्री लिक्विडिटी’ रहेकाले यसको व्यवस्थापन राष्ट्र बैंकका लागि चुनौती बनेको छ।
तरलता संकुचनका उद्देश्यले केन्द्रीय बैंकले पछिल्ला दिनमा बारम्बार निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यही क्रमलाई निरन्तरता दिँदै राष्ट्र बैंकले आज (बुधबार) पनि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने गरी बैंक तथा वित्तीय संस्थालाई बोलकबोलको सूचना प्रकाशित गरेको छ।
८४ दिन अवधिका लागि जारी गरिएको उक्त निक्षेप संकलनमा बैंकहरूले न्यूनतम १० करोड रुपैयाँबाट प्रस्ताव पेश गर्न सक्नेछन्। बढीमा ५ अर्ब रुपैयाँसम्म भाग गर्न मिल्ने व्यवस्था छ।
निक्षेप संकलनका लागि आवेदक बैंक तथा वित्तीय संस्थाले मंसिर ३ गते दिउँसो २ बजेसम्म प्रस्ताव दर्ता गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित