सार्थक ब्यूरो ।आज सहिद भीमदत्त पन्तको ९९ औँ जन्म जयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको अमर शहीद भिमदत्त पन्त स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालय भवन मा शहिद पन्त को फोटो मा माल्यार्पण गरि श्रध्दान्जली अर्पण गरिएको छ।सो अवसरमा प्रतिष्ठान का अध्यक्ष हरिप्रसाद जोशीले माल्यार्पण तथा पन्तले गरेका उल्लेखनीय कार्यहरूको चर्चा गर्दै ९९ औँ जन्म जयन्ती मनाइएको हो । हरेक वर्ष भीम बाटिका भित्र रहेको सालिकमा माल्यार्पण गरि कार्यक्रम सञ्चालन गर्दै आएकोमा केही अराजक राप्रपा समर्थक समूहले सालिकमा तोडफोड गरेपछि आफ्नै भवनमा कार्यक्रम गर्दै आएको छ । भीमदत्त नगरपालिकाको स्वामित्वमा रहेको भीम बाटिकामा प्रतिष्ठानले सालिक निर्माण गरि भीमदत्त नगरपालिकालाई हस्तान्तरण गरेपछि सालिकको रखरखाव एवं संरक्षणको दायित्व नगरपालिकाको भएपनि हालसम्म सालिक मर्मत समेत गरेको छैन ।

भीमदत्त पन्तको सम्मान गर्दै सरकारले २०७२ फागुन १९ गते सहिद घोषणा गरेको भएपनि भीमदत्तका नाममा कुनै प्रकारको बजेट विनियोजन गरेको छैन । सहिदको सम्मानका लागि पनि देशको पुर्वी भागमै जन्मिनुपर्ने भन्ने व्यवहार सरकारले देखाएको छ । उसो त मुलुकमा तीन तहका सरकार छन । तत्कालिन महेन्द्रनगर नगरपालिकाका नामले सञ्चालनमा रहेको नगरपालिकालाई सहिद पन्तको नामले नामाकरण हुनुपर्ने माग राखी आन्दोलन गर्ने राजनीतिक दलहरुका प्रतिनिधिहरु नगरपालिकाको पदाधिकारी रहदै आएपनि हात्तीका देखाउने र खाने दाँत फरक भएझै भाषण उर्लिने, व्यवहारमा अपमानजनक व्यवहार सहिदप्रति दोहरिदै आएको छ । सहिद घोषणापछि संग्रहालय र केन्द्रीय कार्यालय सञ्चालनका लागी ओली सरकारले बजेट विनियोजन गरेपछि निर्माण भएको भवन भित्र संग्रहालयको प्रतिक्षामा रहेको हल सभाकक्ष बाझिने अवस्थामा रहेको छ । संघ, प्रदेश र स्थानीय सरकारसँग बारम्बार प्रस्ताव पेश गरी अनुरोध गर्दा समेत वेवास्ता भएको प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद जोशीको भनाई रहेको छ । प्रत्येक वर्ष मंसिर १० गते सहिद भीमदत्त पन्तको जन्मोत्सव र साउन १७ गते स्मृति दिवस विविध कार्यक्रम गरी प्रतिष्ठानले सम्पन्न गर्ने गरेको छ । सोही बमोजिम आज मंसिर १० गते कार्यालय हाताभित्रै कार्यक्रम गरि मनाइएको छ। प्रतिष्ठानका अध्यक्ष जोशीले अगाडि भन्नुभयो सहिद पन्तको शालिकमा तोडफोड गरी क्षति पुर्याउनेमाथि हदैसम्मको कारबाही हुनुपर्नेमा हालसम्म पुनर्निर्माण समेत हुन सकेको छैन ।
दलित, किसान,गरिबका नेता पन्तको शालिक तोडफोड गरी इतिहास मेटाउने परिपञ्च रचिएकोमा यहाँका राजनीतिक दल, सामाजिक संघसंस्था र स्थानीय निकायको मौनता किन भन्ने प्रश्न खडा भएको छ । समाजका शोषक सामन्त विरुद्ध आन्दोलन गरी निमुखाको अधिकार स्थापित गर्ने कार्यमा संलग्न सहिद पन्त सच्चा क्रान्तिकारी रहेका थिए । सहिद पन्तकै पथमा अगाडि बढ्दै अहिले लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको भएपनि तिनै तहका सरकारले सहित पन्तलाई भाषणमा सिमित पारेका छन । उसो त केही नेताहरुले भीमदत्तको भनाईलाई आफ्नो सम्बोधन पुर्व र यो भीमदत्तको भूमि हो भन्न विर्सिदैनन्, व्यवहारमा भीमदत्तको अपमान गरिन लागेको प्रतिष्ठानको बुझाई छ ।
प्रतिष्ठानका उपाध्यक्ष नन्दा धामीले समाजका शोषक सामन्त विरुद्ध आन्दोलन गरी निमुखाको अधिकार स्थापित गर्ने कार्यमा संलग्न सहिद पन्त सच्चा क्रान्तिकारी भएको उनले चर्चा गरे । सहिद पन्तकै पथमा अगाडि बढ्दै अहिले लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको उनको भनाइ छ ।

प्रतिष्ठानका सचिव कर्णबहादुर चन्दले अमर सहिद पन्तले अनुसरण गरेको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको विचार व्यक्त गरे । कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष रामचन्द्र शाह कार्यसमिति सदस्य प्रदिप कुमार राना ,चन्द्रा अवस्थी लगायतका बक्ताहरुले शहीद पन्त को योगदान बारे चर्चा गरेका थिए।

वि.सं. १९८३ मङ्सिर १० गतेका दिन कारीगाउँ डडेलधुरामा जन्मिनु भएका पन्तले “कित जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो“ भन्ने नाराका साथ जोताहा किसानहरूको पक्षमा वकालत गर्नु भएको थियो । पन्तको वि.सं. २०१० साउन १७ गते डोटीको बुडरमा टाउको काटी हत्या गरिएको थियो । किसान नेता पन्तलाई सहिद घोषणा गरिनु पर्ने आवाज लामो समयदेखि उठ्दै गरेपछि सरकारले वि.सं. २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो । नुन आन्दोलनबाट चर्चामा आउनु भएका पन्तलाई तत्कालीन शासकहरूले हत्या गर्न लगाएको जानकारहरूको भनाइ छ ।“सहिद पन्तको विचार र आन्दोलन कुनै एउटा वर्गको मात्र नभई न्यायपूर्ण समाज निर्माणको आधार हो। राज्यले यसको कदर गर्नुपर्ने बेलामा मौनता देखिनु दुःखद छ।”
सहिद पन्तले किसान क्रान्ति सुरु गरेका जिल्लाको ब्रम्हदेव, बेलौरी र महेन्द्रनगरमा शालिक राखिएको भएपनि सरकारका तर्फबाट सम्झिदिने प्रतिनिधि भएनन्, प्रतिष्ठानको गुनासो छ ।




















Discussion about this post