विकासको गति बढाउन निजी क्षेत्रको सहभागिता अनिवार्य : मुख्यमन्त्री शाह

सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक प्रगति र पूर्वाधार विस्तारका लागि निजी क्षेत्रको सक्रिय सहकार्य निर्णायक हुने धारणा राखेका छन्। लम्कीचुहामा सुरु भएको ‘लम्की महोत्सव–२०८२’ उद्घाटन गर्दै उनले प्रदेश सरकार नीतिगत सुधार र कानुनी सहजताका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तत्पर रहेको बताए।
मुख्यमन्त्री शाहका अनुसार प्रदेशमा लगानीमैत्री वातावरण बनाउने उद्देश्यसहित सरकार उद्योग वाणिज्य महासंघ, दातृ निकाय र विकास साझेदारसँग निरन्तर संवादमा छ। उनले जारी अवरोध हटाउन कानुन तथा प्रक्रियाहरूको समग्र समीक्षा हुँदै जाने उल्लेख गरे।
सुदूरपश्चिममा राष्ट्रिय तथा अन्तरराष्ट्रिय लगानी बढाउने लक्ष्यसहित तयारी भइरहेको ‘लगानी सम्मेलन–२०८२’ का बारेमा जानकारी दिँदै शाहले सम्भावित लगानीकर्तासँग निरन्तर छलफल भइरहेको बताए। उनका अनुसार सम्मेलनले प्रदेशका सम्भावित अवसर, स्रोतसाधन र निवेशका क्षेत्रहरू व्यापक रूपमा उजागर गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित