सार्थक ब्यूरो ।नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि कैलालीबाट २६ जना प्रतिनिधि चयन भएका छन्। पाँच वटा प्रतिनिधि सभा क्षेत्र भएको यो जिल्लाबाट १४ पुरुष र १२ महिला गरी कुल २६ प्रतिनिधि मनोनयन भएका हुन्। क्षेत्र नम्बर १, ४ र ५ मा निर्वाचनमार्फत प्रतिनिधि चुन्नुपरेको थियो भने क्षेत्र नम्बर २, ३ तथा दलित क्षेत्रका प्रतिनिधि सर्वसम्मत रूपमा चयन भए।
शनिबार सम्पन्न मतदानमा कैलाली–१ बाट खुला सदस्यतर्फ द्वारिकाप्रसाद न्यौपाने र ध्रुवराज खत्री, महिलातर्फ कमला शाही चौधरी तथा युवा तर्फ लक्ष्मी आचार्य विजयी बने।
क्षेत्र नम्बर २ मा सबै पदाधिकारी बिना प्रतिस्पर्धा चयन भए। कर्णबहादुर कुँवर, डेजी पाण्डे, नरबहादुर खड्का, महिलातर्फ ममता रावल र लक्ष्मी शाही, र युवातर्फ पवित्राकुमारी माझी सर्वसम्मत रूपमा प्रतिनिधि बने।
क्षेत्र नम्बर ३ बाट चुल्लुराम चौधरी, करुणा बम, इच्छा चौधरी (महिला) र युवा कोटाबाट राजबहादुर बुढा छानिए।
क्षेत्र नम्बर ४ मा भएको मतदानले चक्रबहादुर बोहरा, नरबहादुर तामाङ, भीमबहादुर देउवा, महिलातर्फ रत्ना कुँवर जोशी र शान्तिदेवी सिंह तथा युवा तर्फ सुद्धिराम चौधरीलाई प्रतिनिधि बनायो।
यस्तै, क्षेत्र नम्बर ५ को निर्वाचनबाट धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द, यज्ञराज ढुङ्गाना, महिलातर्फ अम्बिका विष्ट मल्ल र रुक्मिणी देवकोटा तथा युवातर्फ तिर्थराज भट्टराई निर्वाचित भए।
यसैगरी, जिल्लाभित्रको दलित क्षेत्रका लागि भानसिंह विक, प्रेम भूल र सावित्रा घिमिरे महाधिवेशन प्रतिनिधि चयन गरिएको जिल्ला सचिव ममताप्रसाद चौधरीले जानकारी दिए।
एमाले कैलालीमा हाल १३ हजार ३६० जना संगठित सदस्य रहेको पनि सचिव चौधरीले बताए।


















Discussion about this post