सार्थक ब्यूरो ।नेकपा एमालेको ११औँ महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन प्रक्रिया सम्पन्न भएको छ। केही क्षेत्रमा सबै पदाधिकारीहरू सर्वसम्मत छानिए भने केही क्षेत्रमा प्रतिस्पर्धात्मक मतदान गर्नुपरेको जिल्ला उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख जनकराज अवस्थीले जानकारी दिए।
कञ्चनपुर–१ मा खुला सदस्यतर्फ पल्लबराज भट्ट ४९८ मतसहित र वीरबहादुर थापा ६३९ मतसहित विजयी बने। महिलातर्फ कमला चौधरीले ५१७ तथा कल्पना गिरीले ५१४ मत प्राप्त गर्दै प्रतिनिधि बने। त्यस्तै, युवा कोटाबाट काशीराम बोहरा ५२१ मतसहित चयन भएका छन्। सो क्षेत्रबाट एक हजार ६० मत खसेको थियो।
कञ्चनपुर–२ मा भने सबै पाँच जना प्रतिनिधि बिना प्रतिस्पर्धा सर्वसम्मत रूपमा चयन भए। खुला सदस्यतर्फ रणबहादुर महरा र वचनबहादुर सिंह, महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी तथा युवा तर्फ प्रविन बोगटी सर्वसम्मत रूपमा छानिए।
कञ्चनपुर–३ मा खुला सदस्यका लागि चार जनाबीच भएको प्रतिस्पर्धामा डा. दीपक प्रकाश भट्ट ५६७ मत र जनकराज अवस्थी ३३७ मतसहित निर्वाचित भए। त्यस्तै, महेश राज पन्तले ३०७ र विष्णु कणेलले २९५ मत पाए।
दलित तर्फ प्रतिनिधि चयनका लागि चार उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा आरपी सार्की १७२ मतसहित विजयी बने। युवा तर्फ ३५१ मत प्राप्त गरेका ओम बस्नेतले बाजी मारे। उनका प्रतिस्पर्धी नरेन्द्र कार्कीले २५८ तथा केशव चन्दले १६४ मत ल्याए।
महाधिवेशन प्रतिनिधि चयनका लागि मंसिर ११ गते मनोनयन दर्ता कार्य भएको थियो। एमालेको ११औँ महाधिवेशन काठमाडौँमा मंसिर २७ देखि २९ गतेसम्म हुने तय गरिएको छ।


















Discussion about this post