सार्थक ब्यूरो ।नेकपाका एमालेले सुदूरपश्चिमका निर्वाचन क्षेत्रबाट पार्टीको ११ औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ । १६ निर्वाचन क्षेत्रमध्ये १४ वटामा प्रतिनिध छनोट भइसकेको छ भने दुई वटामा सहमतिको प्रयास भइरहेको जनाएको छ ।
एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दका अनुसार डोटी र बझाङमा प्रतिनिधि छनोट बाँकी रहेको छ । प्रदेश कमिटीले पनि पाँच जना प्रतिनिधि छनोट गर्न बाँकी रहेको र भोलिसम्म मात्रै टुंगो लाग्ने सचिव चन्दले बताए ।
कैलालीमा पनि प्रतिनिधि छनोट सकिएको छ । पाँचवटा निर्वाचन क्षेत्रमध्ये कैलाली १, ४ र ५ मा निर्वाचन भएको हो भने २ र ३ मा सर्वसम्मत प्रतिनिधि छनोट गरिएको हो । कैलाली– १ बाट खुलामा द्वारिका न्यौपाने र धुव्र खत्री, महिलातर्फ कमला शाही र युवामा लक्ष्मी आचार्य प्रतिनिधि चयन भएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट खुलामा कर्णबहादुर कुवँर, डेजी पाण्डे र नरबहादुर खड्का, महिलामा ममता रावल र लक्ष्मी शाही तथा युवामा पवित्राकुमारी माझी प्रतिनिधि चयन भएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा चुलराम चौधरी र करुण बम खुलातर्फ, इच्छाकुमारी चौधरी महिलातार्फ र राजबहादुर बुढा युवातर्फ प्रतिनिधि छनोट भएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा खुलातर्फ चक्रबहादुर बोहरा, नरबहादुर तामाङ र भीमबहादुर देउवा प्रतिनिधि निर्वाचित भएका छन् । महिलामा रत्ना कुवँर जोशी र शान्तिदेवी सिंह तथा युवामा सुद्धिराम चौधरी प्रतिनिधिमा निर्वाचित भएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा पनि निर्वाचनमार्फत नै प्रतिनिधि छनोट गरिएको छ । खुलामा धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द र यज्ञराज ढुंगाना विजयी भएका छन् । महिलामा अम्बिका बिष्ट र रुकमणी देवकोटा तथा युवामा तीर्थराज भट्टराई विजयी भएका छन् । कैलालीमा तीन जना दलित क्लस्टरमा प्रतिनिधि छनोट गर्न भने बाँकी छ ।
बाजुरामा सर्वसम्मत प्रतिनिधि छनोट गरिएको छ । खुला, महिला, दलित र युवा क्लस्टरमा १६ जना प्रतिनिधि छनोट गरिएको हो । खुलातर्फ लालबहादुर ओली, जनककुमार बोहरा, बलदेव रेग्मी, गगन रावल, भरत थापा, मनलाल बिष्ट र मेघराज शाही छनोट भएका छन् । महिलातर्फ सीता थापा, देवु खाती, पार्वती थापा बिष्ट र वसन्ती गुरुङ छानिएका छन् । दलिततर्फ काशी विक, गौरी सार्की, अमर विक र राजकला सार्की छानिएका छन् । ४० वर्षमुनिको युवा क्लस्टरमा नरेश रोकाया सर्वसम्मत छनोट भएका छन् । छनोट भएका प्रतिनिधिमध्ये भरत थापा, मेघराज शाही र बलदेव रेग्मी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर मानिन्छन् । अन्य प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् ।
डडेल्धुराबाट पनि सर्वसम्मतले पाँच जना प्रतिनिधि छनोट गरिएको छ । निर्वाचन समितिका अनुसार खुलाबाट गजेन्द्रबहादुर शाही र गजेन्द्र शाही, दलितबाट चक्रप्रसाद स्नेही, युवाबाट ज्ञानेन्द्रसिंह भाट र महिलाबाट कृष्णा ओझालाई प्रतिनिधि छनोट गरिएको हो । पाँच जनामध्ये एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा स्पष्ट रुपमा खुलेका स्नेही मात्र हुन् । तर, यसपटकको महाधिवेशन सबैले ओलीलाई नै सहयोग गर्ने जनाएको छ ।
‘विगतमा डडेल्धुरा एमालेभित्र गुट, उपगुटको प्रभाव थियो,’ एमाले डडेल्धुराका एक नेताले भने, ‘डा। तारा जोशीले पार्टी छोडेपछि अहिले सबै ओली पक्षमै छु भन्छन् ।’ पार्टीका प्रचार विभाग प्रमुख सुन्दर जैरुले भने प्रतिनिधि छनोटमा असन्तुष्टि जनाएका छन् । १० जनाको उम्मेदवारी परेकोमा सर्वसम्मतको नाममा आफूलाई ब्याक गराइएको आरोप उनको छ ।
बैतडीमा पनि विवाद जारी रहे पनि १५ जना सर्वसम्मत प्रतिनिधि छनोट गरिएको भन्दै सार्वजनिक गरिएको छ । खुलाबाट सुरेन्द्रबहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र बिष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी र रामसिंह पुजारालाई छनोट गरिएको छ । यस्तै महिला क्लस्टरबाट धाना धामी, सकुन्तला साउँद, पार्वती कार्की र सरस्वती कोली प्रतिनिधि छनोट भएका छन् । यस्तै दलिततर्फ नरेशकुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल र कालुराम सार्कीलाई प्रतिनिधि छनोट गरिएको छ भने युवा क्लस्टरबाट गोविन्द गिरीलाई प्रतिनिधि छनोट गरिएको छ । छनोट गरिएका सबै प्रतिनिधि ओली पक्षकै रहेको जनाएको छ । सर्वसम्मतको नाममा धाँधली गरिएको आरोप पनि जिल्लाका नेताहरुले लगाएका छन् ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहाकार तथा पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले सर्वसम्मत प्रतिनिधि छनोट गरेको भने पनि आफ्नो सहमति नरहेको बताएका छन् । ‘आफ्नै बुबालाई बुबा नभन्ने स्वार्थका लागि केपी ओलीलाई बुबा भन्ने लिलाधर एन्ड दामोदर कम्पनीको छिट्टै हिसाब किताब हुनेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । लिलाधर भट्ट र दामोदर भण्डारी एमालेका केन्द्रीय कमिटी सदस्य हुन् ।
दार्चुलामा सर्वसम्मत १२ प्रतिनिधि छनोट गरिएको छ । खुलातर्फ ज्ञानेन्द्र घर्ती, कृष्ण धामी, रामदत्त जोशी, जनकसिंह ठगुन्ना, धर्मानन्दसिंह मन्याल र रणबहादुर पाललाई छनोट गरिएको छ । महिलातर्फ माधवी जोशी, ताराकेशरी कुवँर र निर्मला धामी, दलिततर्फ लालबहादुर विक र मुरारीलाल टमटा तथा युवातर्फ उमेशराज जोशीलाई प्रतिनिधि चयन गरिएको छ ।
कञ्चनपुरमा पनि तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि छनोट गरिएको छ । क्षेत्र नम्बर १ र ३ मा निर्वाचनमार्फत तथा क्षेत्र नम्बर २ मा भने सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट खुलातर्फ पल्लबराज भट्ट र वीरबहादुर थापा निर्वाचित हुँदै प्रतिनिधि छनोट भएका छन् । महिलातर्फ कमला चौधरी र कल्पना गिरी तथा युवातर्फ काशीराम बोहरा विजयी भएका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ मा भने पाँच जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा छनोट भएका छन् । खुलातर्फ रणबहादुर महरा र बचनबहादुर सिंह सर्वसम्मत छनोट भएका छन् । महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी तथा युवातर्फबाट प्रविन बोगटी चयन भएका छन् ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ बाट खुलातर्फ डा। दीपकप्रकाश भट्ट र जनकराज अवस्थी विजयी भएका छन् । यसैगरी दलिततर्फबाट आरपी सार्की र युवाबाट ओम बस्नेत प्रतिनिधि छनोट भएका छन् ।
यस्तै, अछाममा पनि प्रतिनिधि छनोट गरिएको छ । अछाम– १ मा खुलातर्फ केशरबहादुर साउँद, मिनबहादुर कुवँर र रामबहादुर बुढा, महिलातर्फ बिन्दु कुवँर र अनिता खड्का तथा युवामा डिबी साउँद प्रतिनिधि चयन भएका छन् । अछाम– २ मा खुलातर्फ चन्द्रबहादुर बोहरा, यमबहादुर बिसी, बलबहादुर कुवँर र भीमबहादुर रावल प्रतिनिधि छनोट भएका छन् । महिलातर्फ सरिता उपाध्याय र निर्मलाकुमारी धमाला तथा युवामा टोपबहादुर शाही प्रतिनिधि छनोट भएका छन् ।


















Discussion about this post