सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

कृष्णपुरमा वन फँडानी:  जब फैलियो हल्ला, क्षणभरमै भङ्गार बन्यो गौरीघाट

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ मंसिर २३, मंगलवार १२:२०
in Breaking (With Image), समाचार, समाज, सुदूरपश्चिम प्रदेश
0
कृष्णपुरमा वन फँडानी:  जब फैलियो हल्ला, क्षणभरमै भङ्गार बन्यो गौरीघाट

महेन्द्रनगर । मर्दा–पर्दा दाउरा स्याउलाको जोहोको पर्याय बनेको सामुदायिक बाटिका क्षणभरमै बुङ्गो भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक बाटिका (वन) स्थानीयका लागि मर्दा–पर्दा घास, दाउरा–स्याउलाको आश्रय स्थल हो । जहाँ स्थानीयले आज भन्दा तीस वर्ष पहिले अर्थात् वि.स. २०५१ तीर सुकुम्बासी बस्तीको कब्जामा जानलागेको भूमि जगेर्दै वृक्षारोपण सहित संवद्धर्न थालेका हुन् ।

तीन दशकदेखि स्थानीयको संरक्षणमा रहेको गौरीघाट सामुदायिक बाटिका ११ मंसिरका दिन दुई घण्टामै बुङ्गो बनेको हो । उक्त बाटिकाबाट दुई घण्टाको अवधिमै १६४ रुख फिल्मी शैलीमा गायब पारिएका छन् । झण्डै १८ बिगाह जमिन रहेको बाटिकामा खयर र सिसमका रुख थिए । फैलियो हल्ला एकान दुई कान मैदान हुँदै तफानसरी गाउँमा हल्ला फैलियो प्राविधिक शिक्षालयको (टेक्निकल कलेज), जहाँ स्थानीयले रोपेका बिरुवा छन् ।

सुदूर र मध्यपश्चिमलाई लक्षीत गरि कोरियन सरकारको एक निकाय कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोगमा जिल्लाको कृष्णपुर–७ मा प्राविधिक शिक्षालय बन्ने गरि सर्वे हुँदै आएको छ । एक अर्ब ५० करोडको लागतमा उक्त प्राविधिक शिक्षालय निर्माणकालागि कोरियाली सरकारको संसदले समेत बजेट पास गरिसकेको छ ।

प्राविधिक शिक्षालय निर्माणका लागि पटक–पटक कोइकाबाट प्रतिनिधि एवं ‘कन्ट्री डाइरेक्टर’ ले समेत कृष्णपुर–७ मा अध्ययन अवलोकन गरिसकेका छन् । एनपी साउँद परराष्ट्रमन्त्री हुँदा उनको पहलमा कोइकाले कृष्णपुरमा जमिन उपलब्ध भए प्राविधिक शिक्षालय बनाउने निधो गरेको हो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सीटिइभिटी) संगको समंवय एवं सम्बन्धनमा निर्माण हुँने भनिएको उक्त शिक्षालयमा विभिन्न तालीम तथा कार्यक्रमहरु सञ्चालनमा आउने तय भएको हो । मर्दा पर्दा दाउरा स्याउला इत्यादिका लागि आश्रय बनेको गौरीघाट सामुदायिक बाटिकामा उक्त प्राविधिक शिक्षालय बन्न लागेको हल्ला गाउँमा एकान दुई कान मैदानसरी फैलियो ।

प्रायः सो बाटिका स्थानीयकालागि मान्छे मर्दा, विवाह तथा भोज भतेर गर्दा र कसैलाई केहि आवश्यक परेमा एकाध रुख भयरहित तरिकाले काट्दै आएको सर्वविदित छ । सो कथ्यलाई स्थानीयले स्विकार गरेका छन् । …अनि बुङ्गो बन्यो वन तीन दशक पूर्व सुकुम्बासी बस्तीको कब्जामा जानलागेको भूमि जोगाएर बनाएको बाटिका (वन) मा प्राविधिक शिक्षालय बन्नलागेको खबरले स्थानीयमा अत्यास निम्त्यायो । आफ्नो गाउँमा प्राविधिक शिक्षालय बन्नलागेको खबरले स्थानीय निकै हर्षित छन् ।

यद्यपी सो गाउँको मर्दा पर्दाको काठ दाउरा घास स्याउलाको आश्रय रहेको उक्त बाटिका नरहने कुराले क्षुब्धता पैँदा हुन्छ । …अनि ११ मंसिरको ३ बजे पछि हुन्छ, रुख विरुवाको सोत्तर । आफुहरुले लगाएको बोट बिरुवा प्राविधिक शिक्षालय बन्दा कहाँ कस्ले लान्छ ? कसैकालागि किन छोड्ने लगायतका मनोभाव सहित एकाध स्थानीयले रुख काट्न थालेपछि गाउँ र आसपासबाट आफन्त तथा चिनजानका समेतको हुलले गौरीघाट सामुदायिक बाटिका क्षणभरमै बुङ्गो बन्यो ।

प्रायः खयर र सिसमका बोट बिरुवा भएको गौरीघाट सामुदायिक बाटिका प्राविधिक शिक्षालय बन्नलागेको खबरले क्षणभरमै रित्तो (नाङ्गो) भयो । जो उँहि वर्षौदेखि स्थानीयको काठ दाउराका सारथी रहेको थियो, एउटा हल्लाले क्षणभरमै भङ्गार बनेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले थालेको अध्ययन अनुन्धानबाट सुरुमा १३९ पछि २५ थप गरि १६४ खयर र सिममका रुख काटिएका छन् ।

जिम्मेवार भन्छन् यसो… वन वरपर बस्ने स्थानीयले खयर तथा सिसमको रुख काटेको गौरीघाट सामुदायिक बाटिका (वन) की अध्यक्ष कुमारी बोहराको दाबा छ । यद्यपी तर रुख काट्नेहरुको पहिचान भने हुँन नसकको अध्यक्ष बोहराले बताउछिन् । बस्तीको बिचमा रहेको वन क्षेत्रबाट स्थानीयले आफुहरुलाई मर्दा–पर्दा घास दाउरा तथा स्याउलाकालागि आवश्यकता अनुसार लैजाने गरेको उँनि बताउछिन् । सो कारण समेत वन क्षेत्र संरक्षण गर्न समस्या भएको अध्यक्ष बोहराको गुनासो छ ।

११ मंसिर अर्थात् जुन दिन उक्त सामुदायिक बाटिकाबाट रुख काटिए, सो दिनमा आफू धनगढी अस्पतालमा उपचार गर्न गएको अध्यक्ष बोहराले बताइन् । आफू गाउँमा नभएको समयमा वन पुरै सखाप पारेको उनले बताइन् । यस्तै, वडा अध्यक्ष घुम्मन रानाले मंसिर ११ गते वडा कार्यालयमा आफू नरहेको समयमा रुख काटिएको वडा अध्यक्ष घुम्मन रानाले बताए ।

आफूले रुख काटिएको खबर प्रहरीबाट थाहा पाएको रानाले बताएका छन् । ’म त्यो दिन वडामा थिएन, मैलै रुख कटान भएको सूचना प्रहरीबाट थाहा पाएको हुँ,’ उनले भने, ’मैले वन क्षेत्रमा पुग्दा रुखहरू काटिएका थिए । कसले काट्यो भन्ने थाहा भएको छैन । वनले अनुसनधान गर्दैछ ।

यसमा संलग्न उपर अनुसन्धान हुनुपर्छ र दोषीलाई कारबाही हुनुपर्छ ।’ ‘स्थानीयहरुले नै प्राविधिक शिक्षालय बन्नेहल्लाको भरमा वनका रुखहरु काट्यो भन्ने कुरा बाहिर सुनिन्छ’ अध्यक्ष राना भन्छन्, ‘तर क–कस्ले काट्यो भन्दै कोहि मुख खौल्दैनन ?’ अख्तियारको चाँसो गौरीघाट सामुदायिक बाटिका (वन) क्षेत्रबाट रुख काटिएको घटनालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।

अवैध रुपमा रुख काटिएको विषय सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर कञ्चनपुरले अनुसन्धान अगाडि बढाइएको हो । उक्त घटनामा डिभिजन वन कार्यालय कञ्चनपुरले समेत वन अधिकृत भरत शाहको नेतृत्वमा अनुसन्धान टोली गठन गरेर अनुसन्धान थाल्दैछ । गौरीघाट सामुदायिक बाटिकामा रुख कटानको विषयमा अख्तियार र डिभिजन वन कार्यालयले सक्त अनुसन्धान थालेको जनाएका छन् ।

Previous Post

एमाले महाधिवेशन : प्रतिनिधि सूची छानबिन अन्तिम चरणमा, २६१३ सहभागी हुने

Next Post

पत्रकारसँग प्रत्यक्ष संवाद गर्दै जनक भण्डारी समूहले सार्वजनिक गर्यो चुनावी प्राथमिकता

Next Post
पत्रकारसँग प्रत्यक्ष संवाद गर्दै जनक भण्डारी समूहले सार्वजनिक गर्यो चुनावी प्राथमिकता

पत्रकारसँग प्रत्यक्ष संवाद गर्दै जनक भण्डारी समूहले सार्वजनिक गर्यो चुनावी प्राथमिकता

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.