सार्थक ब्यूरो ।पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको लाजिम्पाटस्थित निवासमा आज सम्पन्न भेटमा मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे विचार–विमर्श गरिएको जनाइएको छ ।
पूर्वराष्ट्रपति भण्डारीको सचिवालयका अनुसार भेटका क्रममा हालको सरकारका गतिविधि, आगामी फागुन २१ गते तय गरिएको निर्वाचन तथा विद्यमान राजनीतिक परिस्थितिबाट निकासका सम्भावित उपायहरू लगायतका समसामयिक विषयमा छलफल केन्द्रित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित