बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको दैनिकी प्रभावित

सार्थक ब्यूरो ।पश्चिम तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो फैलिँदा बाँकेसहितका जिल्लामा जनजीवन प्रभावित बनेको छ। चिसोको बढ्दो प्रभावले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाय तथा ज्येष्ठ नागरिक बढी समस्यामा परेका छन्।
कुहिरो र चिसोका कारण स्थानीय बासिन्दा बिहानै घरबाहिर ननिस्कने अवस्था देखिएको छ। नियमित रूपमा बिहानै खुल्ने पसल तथा बजार ढिलो खुल्न थालेका छन् भने साँझपख चिसो झन् बढेपछि बजार क्षेत्र चाँडै सुनसान हुन थालेको छ।
नेपालगन्ज–१६ का सवारी चालक रामप्रसाद थारुका अनुसार कठ्याङ्ग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्दा सवारीसाधन चलाउन कठिनाइ भइरहेको छ, जसले यातायात आवागमनमा समेत असर पारेको छ।
उता चिसोको प्रभावसँगै दम, निमोनिया, रुघाखोकी र ज्वरोका बिरामीको संख्या पनि बढ्दै गएको भेरी अस्पतालका सूचना अधिकारी सङ्केत रिसालले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्ला दिनहरूमा अस्पतालमा दैनिक १०० भन्दा बढी निमोनिया र रुघाखोकीका बिरामी आउने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित