एमाले–कांग्रेस–जसपा गठबन्धनले राष्ट्रिय सभाका १८ उम्मेदवार टुंग्यायो

सार्थक ब्यूरो ।नेकपा एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच तालमेल गर्दै राष्ट्रिय सभा निर्वाचनमा संयुक्त रूपमा उम्मेदवारी दिने सहमति भएको छ। निर्वाचनका लागि उम्मेदवारी दर्ता आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ।
यसअघि कांग्रेस, एमाले, नेकपा र जसपा नेपालबीच सहकार्यको प्रयास भए पनि अन्तिम चरणमा नेकपा अलग भएपछि तीन दलबीच मात्रै तालमेल कायम भएको हो। सहमतिअनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट लिने गरी भागबन्डा गरिएको छ। त्यसअनुसार तीनै दलले आफ्ना उम्मेदवारको सूची अन्तिम गरेका छन्।
एमालेका उम्मेदवार
एमालेले कोशी प्रदेशबाट रोशनी मेचे र सोमनाथ पोर्तेल, मधेस प्रदेशबाट रेखा झा, बागमती प्रदेशबाट प्रेम दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा र लुम्बिनी प्रदेशबाट रामकुमारी झाक्रीलाई उम्मेदवार बनाएको छ। यस्तै कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीला भण्डारी उम्मेदवार तय भएका छन्।
कांग्रेसका उम्मेदवार
कांग्रेसको सूचीअनुसार कोशी प्रदेशबाट सुनीलबहादुर थापा, मधेस प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा तथा गण्डकी प्रदेशबाट जगत तिमिल्सिना उम्मेदवार बनेका छन्। लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाइएको छ।
जसपा नेपालको उम्मेदवार
जसपा नेपालबाट महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार तय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित