सार्थक डेस्क।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको अन्तिम निर्णय गरेको छ। पार्टीभित्र लामो छलफल र आन्तरिक समन्वयपछि १६ वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम सार्वजनिक गरिएको हो।
पार्टीका अनुसार कैलाली जिल्लाका पाँच निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट द्वारिका न्यौपाने, क्षेत्र नम्बर २ बाट सूर्यबहादुर थापा र क्षेत्र नम्बर ३ बाट गौरीशंकर चौधरीलाई उम्मेदवार बनाइएको छ। त्यसैगरी क्षेत्र नम्बर ४ मा लेखराज भट्ट र क्षेत्र नम्बर ५ मा यज्ञराज ढुङ्गानाले एमालेको टिकट पाएका छन्।
कञ्चनपुर जिल्लामा क्षेत्र नम्बर १ बाट कमला बोहरा, क्षेत्र नम्बर २ बाट वचनबहादुर सिंह र क्षेत्र नम्बर ३ बाट दीपक भट्ट उम्मेदवार चयन भएका छन्।
अछाम जिल्लाका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा झपटबहादुर बोहरा र क्षेत्र नम्बर २ मा यज्ञ बोगटीलाई पार्टीले अघि सारेको छ। बाजुराबाट लालबहादुर थापा उम्मेदवार बनेका छन् भने डोटीबाट दीपक धामी, डडेल्धुराबाट चक्र स्नेही र बझाङबाट अफिलाल ओखेडालाई उम्मेदवार बनाइएको छ।
यसैगरी बैतडी निर्वाचन क्षेत्रबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेशसिंह ठगुन्नाले एमालेको प्रतिनिधित्व गर्ने भएका छन्।


















Discussion about this post