आज आठौँ प्रदेश सभा दिवस

सार्थक डेस्क।२०७४ साल माघ ७ गते सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक बसेको स्मरणमा प्रत्येक वर्ष सोही दिन प्रदेश सभा दिवस मनाइँदै आएको छ। तर यस वर्ष प्रदेश सभा दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम आयोजना नगरिने भएको छ।
प्रदेश सभा सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता लागू भइसकेको तथा खर्च कटौती गर्नुपर्ने अवस्थाका कारण औपचारिक कार्यक्रम नगर्ने निर्णय गरिएको हो। सूचना अधिकारी युवराज जैशीले यस वर्ष कार्यक्रम नराखिने जानकारी दिए।
मुख्यमन्त्री कार्यालयको निर्णयअनुसार पनि निर्वाचन आचारसंहिता र खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै औपचारिक कार्यक्रम स्थगित गरिएको सचिवालयले जनाएको छ। जेन्जी आन्दोलनका कारण भएको भौतिक तथा आर्थिक क्षतिपछि सभा, सम्मेलन र भ्रमणजस्ता गतिविधि नगर्ने निर्णयसमेत भएकाले प्रदेश सभा दिवस कार्यक्रम नहुने जनाइएको छ।
सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक २०७४ माघ ७ गते बसेको थियो। पहिलो कार्यकालमा प्रदेश सभाबाट ६७ वटा नयाँ कानुन निर्माण भएका थिए। तर दोस्रो कार्यकालको तीन वर्षको अवधिमा भने एक मात्र मूल ऐन बनेको छ भने पाँच वटा ऐन संशोधन गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
पहिलो कार्यकालमा बनेका ऐनहरूमध्ये प्रदेश निजामती सेवा ऐनमा विवाद देखिएको थियो भने अन्य ऐनहरूमा खासै विवाद सार्वजनिक रूपमा आएको थिएन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित