सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

कञ्चनपुर–३ विकासको अनुभव र राजनीतिक विश्वासको परीक्षा

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ माघ ११, आईतवार ११:४०
in Breaking (With Image), नेकपा एमाले, राजनीति, समाचार, सुदूरपश्चिम प्रदेश
0
कञ्चनपुर–३ विकासको अनुभव र राजनीतिक विश्वासको परीक्षा

सार्थक ब्यूरो ।आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा कञ्चनपुर क्षेत्र नम्बर ३ पुनः राजनीतिक बहसको केन्द्रमा आएको छ। यस क्षेत्रलाई पछिल्ला वर्षहरूमा विकास र नीतिगत हस्तक्षेपका दृष्टिले अलग्गै पहिचान दिलाउने नेताका रूपमा एमाले उम्मेदवार डा. दीपक प्रकाश भट्टलाई हेरिएको छ। २०७४ को निर्वाचनपछि उनले निर्वाचित सांसदको हैसियतमा देखाएको सक्रियता र परिणाममुखी कामले यस क्षेत्रको राजनीतिक समीकरणलाई अझ रोचक बनाएको छ।
डा. भट्टको कार्यकालमा मझगाउँ विमानस्थल, महाकाली कोरिडोरको ब्रह्मदेव–कौवानी खण्ड, दोधारा–चाँदनी सुक्खा बन्दरगाह, महाकाली प्रादेशिक अस्पतालको सुधार र गेटामा मेडिकल विश्वविद्यालय स्थापना जस्ता दीर्घकालीन महत्वका परियोजनाले गति लिएका छन्। यी परियोजनाहरू केवल पूर्वाधार विकासमा सीमित छैनन्, यसले कञ्चनपुरको आर्थिक, स्वास्थ्य र रणनीतिक हैसियतलाई समेत नयाँ उचाइमा पुर्‍याउने आधार तयार गरेको छ।
राजनीतिक रूपमा पनि डा. भट्टको यात्रा अर्थपूर्ण मानिन्छ। २०७४ मा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पराजित गर्दै संसद् प्रवेश गरेका उनी त्यसपछि कञ्चनपुर–३ मा बलियो नेताका रूपमा स्थापित भए। यो जित केवल व्यक्तिको विजय थिएन, यसले मतदाताले ‘परम्परागत शक्तिभन्दा काम गर्ने प्रतिनिधि’ रोजेको सन्देश दिएको थियो।
एमालेभित्र पार्टी पदको हिसाबले शीर्ष तहमा नदेखिए पनि उनी बौद्धिक, इमान्दार र स्वच्छ छविका नेताका रूपमा चिनिन्छन्। यही कारण पार्टीभित्रबाट समेत उनको उम्मेदवारी एकल रूपमा सिफारिस हुनु राजनीतिक रूपमा महत्वपूर्ण संकेत हो। यसले पार्टी संगठनभन्दा बाहिर आम जनतामा उनको स्वीकार्यता कति बलियो छ भन्ने देखाउँछ।
सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका डा. भट्ट विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका हुन्। उनको शैक्षिक पृष्ठभूमि र नीति बुझाइले संसदमा प्रस्तुत गरेका विषयहरूलाई गहिराइ र तर्कशीलता दिएको समर्थकहरूको दाबी छ। अहिले उनी चुनावी भेटघाट र जनसम्पर्कमा सक्रिय देखिनु भनेको पुनः जनविश्वासको परीक्षणका लागि तयार भएको संकेत हो।
तर, निर्वाचन केवल विगतका कामको मूल्याङ्कन मात्र होइन, भविष्यप्रतिको अपेक्षाको मत पनि हो। मतदाताले अब ठूला परियोजनाको घोषणा मात्र होइन, तिनको कार्यान्वयन, पारदर्शिता र स्थानीय जीवनमा परेको प्रत्यक्ष प्रभावलाई आधार बनाएर निर्णय गर्ने अवस्था छ।
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टलाई बलियो उम्मेदवार मानिनुका कारण स्पष्ट छन्—विकासको अनुभव, राजनीतिक विश्वसनीयता र नीतिगत समझ। तर अन्तिम फैसला जनताकै हातमा छ। यही कारण यो निर्वाचन विकासको निरन्तरता र राजनीतिक विश्वासको पुनःपुष्टिको महत्वपूर्ण परीक्षा बनेको छ।

Previous Post

चुनावी तयारीको केन्द्रमा आयोग : चार सुरक्षा संयन्त्रको संयुक्त परिचालन गर्दै

Next Post

सुदूरपश्चिमबाट भण्डारी र खाती राष्ट्रिय सभामा निर्वाचित

Next Post
सुदूरपश्चिमबाट भण्डारी र खाती राष्ट्रिय सभामा निर्वाचित

सुदूरपश्चिमबाट भण्डारी र खाती राष्ट्रिय सभामा निर्वाचित

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.