सार्थक ब्यूरो ।कैलालीको धनगढी उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा निःशुल्क पार्किङ स्थल निर्माण गरेको छ। बढ्दो सवारी चापलाई व्यवस्थापन गर्ने उद्देश्यले उपमहानगरपालिकाको स्वास्थ्य तथा महिला शाखा कार्यालय अगाडि पार्किङ क्षेत्र तयार गरिएको हो।
उपमहानगर प्रमुख गोपाल हमालका अनुसार राष्ट्र बैंक चोकदेखि एलएन चोकसम्मको सडक खण्डमा मोटरसाइकल, स्कुटर, कार तथा जिप पार्किङ गर्न मिल्ने गरी निःशुल्क व्यवस्था गरिएको छ।
धनगढीमा सवारी साधनको संख्या निरन्तर बढ्दै जाँदा पार्किङ अभाव गम्भीर समस्या बन्दै गएको थियो। बजार क्षेत्रमै पार्किङ सुविधा उपलब्ध भएपछि यात्रु तथा व्यवसायीलाई सहज हुने अपेक्षा गरिएको छ।
जग्गा र स्थानको कमीका कारण सडकमै सवारी साधन पार्क गर्नुपर्ने बाध्यता रहँदै आएकोमा नयाँ पार्किङ स्थलले समस्या केही हदसम्म समाधान हुने उपमहानगरपालिकाले जनाएको छ।


















Discussion about this post