सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

दोधारा–चाँदनीको भरोसा र विकासको परीक्षा :  दोधारा चाँदनीमा एमाले उम्मेदवार भट्ट

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ माघ १८, आईतवार ७:१३
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
दोधारा–चाँदनीको भरोसा र विकासको परीक्षा :  दोधारा चाँदनीमा एमाले उम्मेदवार भट्ट

सार्थक ब्यूरो।निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारका अभिव्यक्ति तीव्र हुँदै गएका छन्। कञ्चनपुर–३ अन्तर्गत पर्ने दोधारा–चाँदनी क्षेत्रमा एमाले उम्मेदवार डा. दीपक प्रकाश भट्टले व्यक्त गरेको “जनताले साथ दिनेमा पूर्ण विश्वास” भन्ने भनाइ केवल चुनावी आशावाद मात्र होइन, विगतको कार्यसम्पादन र आगामी प्रतिबद्धतासँग जोडिएर हेर्नुपर्ने विषय हो।
डा. भट्ट २०७४ सालको निर्वाचनपछि दोधारा–चाँदनीको विकास बहसमा केन्द्रीय भूमिकामा देखिएका नेता हुन्। शिक्षा, स्वास्थ्य, सुरक्षा र नदी नियन्त्रणजस्ता आधारभूत क्षेत्रमा काम थालिएको दाबी मात्रै होइन, सुख्खा बन्दरगाहजस्तो दीर्घकालीन आर्थिक महत्व बोकेको परियोजनामा उनले खेलेको भूमिका यस क्षेत्रको राजनीतिक इतिहासमा उल्लेखनीय मानिन्छ। विकासका योजना घोषणामा सीमित नहोस् भन्ने जनचासोलाई उनले केही हदसम्म व्यवहारमा उतार्ने प्रयास गरेको देखिन्छ।
विशेषगरी दोधारा–चाँदनीस्थित सुख्खा बन्दरगाहको विषयले राजनीतिक नेतृत्वको क्षमता र संकट व्यवस्थापनको परीक्षा लिएको थियो। प्रारम्भमा जग्गा विवाद र स्थानीय विरोधका कारण अन्यौलमा परेको परियोजनालाई वैकल्पिक स्थानमा सारेर अघि बढाउने निर्णय तत्कालीन सांसदका रूपमा भट्टको राजनीतिक पहल र संवाद क्षमताको उदाहरणका रूपमा हेरिन्छ। विकास परियोजनामा स्थानीय संवेदनशीलता कति महत्त्वपूर्ण हुन्छ भन्ने पाठ पनि यही घटनाले दिएको छ।
डा. भट्टले सुख्खा बन्दरगाहलाई भारतका प्रमुख बन्दरगाहहरू—गुजरात र मुम्बईको जवाहरलाल नेहरू बन्दरगाहसम्मको व्यापारिक सञ्जालसँग जोड्ने योजना सार्वजनिक गरेका छन्। यो योजना सफल भए दोधारा–चाँदनी मात्र होइन, सिंगो सुदूरपश्चिम आर्थिक गतिविधिको केन्द्र बन्ने सम्भावना रहन्छ। तर, यस्ता महत्वाकांक्षी योजनाहरू घोषणामा सीमित नबनी संस्थागत तयारी, कूटनीतिक समन्वय र दीर्घकालीन नीतिगत निरन्तरतामा निर्भर हुन्छन्।
महाकाली कोरिडोर, चीन–भारतसँगको व्यापार सम्भावना र सुदूरपश्चिमबाट भइरहेको जनशक्ति पलायन रोक्ने विषयमा उनले उठाएका एजेन्डा समयसापेक्ष छन्। रोजगारी र अवसरको अभावले युवालाई बाहिरिन बाध्य बनाइरहेको यथार्थबीच, विकास र आप्रवासन नीतिमा सुदूरपश्चिमका मुद्दा समावेश गरिनु अपरिहार्य छ। तर, प्रश्न यही हो—यी एजेन्डा कति कार्यान्वयनमुखी छन्?
दोधारा–चाँदनीका मतदाताले यसपटक भावनाभन्दा बढी परिणाम खोजिरहेका छन्। विगतमा थालिएका कामको निरन्तरता, अधुरा योजनाको सम्पन्नता र नयाँ प्रतिबद्धताको विश्वसनीयता नै मतको आधार बन्नेछ। डा. भट्टको “पूर्ण विश्वास” जनआस्थामा रूपान्तरण हुन्छ कि हुँदैन, त्यो उनको राजनीतिक इतिहास, वर्तमान एजेन्डा र आगामी पाँच वर्षको स्पष्ट कार्ययोजनाले तय गर्नेछ।
अन्ततः निर्वाचन केवल उम्मेदवारको आत्मविश्वासको परीक्षा होइन, जनताको विवेकपूर्ण निर्णयको अवसर पनि हो। दोधारा–चाँदनीले यसपटक विकासको भाषण होइन, विकासको नतिजा खोज्ने संकेत गरिरहेको छ।

Previous Post

पहाड रित्तिँदैछ, तराई थामिनसक्नुको चापमा

Next Post

सुदूरपश्चिमका ४६ मतदान केन्द्र हिमपातको सम्भावित जोखिममा

Next Post
सुदूरपश्चिमका ४६ मतदान केन्द्र हिमपातको सम्भावित जोखिममा

सुदूरपश्चिमका ४६ मतदान केन्द्र हिमपातको सम्भावित जोखिममा

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.