समावेशी समाजवादी पार्टीको घोषणापत्र सार्वजनिक

सार्थक ब्यूरो। समावेशी समाजवादी पार्टीले फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा पार्टीले समावेशी न्याय, सहभागी लोकतन्त्र र प्रकृतिमा आधारित विकासलाई मुख्य एजेन्डा बनाएको छ।

पार्टीले ‘गाउँ सार्वभौम लोकतन्त्र’को अवधारणा अघि सार्दै राजनीतिक शक्ति केन्द्रबाट गाउँतर्फ सार्ने प्रस्ताव गरेको छ। साथै तरल लोकतन्त्र, साइबरनेटिक शासन प्रणाली र सकल करुणा उत्पादनलाई विकासको नयाँ सूचकका रूपमा प्रस्तुत गरिएको छ।

घोषणापत्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, महिला र सीमान्त समुदायको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, पारदर्शी शासन र प्रकृति केन्द्रित विकासमार्फत समावेशी नेपाल निर्माण गर्ने लक्ष्य पार्टीले लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित