प्रहरी हवल्दार हत्या प्रकरण : तीन पक्राउ, चार जना अझै फरार

सार्थक ब्यूरो।दार्चुलामा कार्यरत एक प्रहरी हवल्दारको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ भने चार जना अझै फरार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जनपद प्रहरीका हवल्दार योगेन्द्रबहादुर घर्तीको हत्या अभियोगमा महाकाली नगरपालिका–४ निवासी २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बम पक्राउ परेका हुन्। प्रहरी नायव उपरीक्षक गौरव महतले घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो।
प्रहरीका अनुसार पक्राउ परेकी दिपिका पाल महाकाली–४ मा सञ्चालनमा रहेको ‘अस्मिता बियर बार’का सञ्चालक आशिक पालकी कान्छी श्रीमती हुन्। मृतक हवल्दार घर्ती पनि सोही वडाका बासिन्दा रहेका थिए।
घटनामा संलग्न रहेको आशंका गरिएका ‘अस्मिता बियर बार’का सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडू, आशिकका भाइ मनिस पाल र राजेन्द्र डँडाल भने फरार रहेका छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
३८ वर्षीय हवल्दार घर्ती महाकाली नगरपालिका–४ बाङ्गाबगडस्थित सामुदायिक प्रहरी बिटमा कार्यरत थिए। उनी सोमबार राति मृत अवस्थामा फेला परेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित