भन्सार छली गरेर ल्याइएका चुनावी सामग्री गड्डाचौकी नाकाबाट बरामद

सार्थक ब्यूरो।कञ्चनपुरको पश्चिमी सीमावर्ती नाका गड्डाचौकी हुँदै अवैध रूपमा भित्र्याइएका चुनावी प्रचार सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ले भारतमा उत्पादन गरी भन्सार प्रक्रिया छल्दै नेपाल भित्र्याइएका सामग्री बरामद गरिएको जानकारी दिएको हो।
प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी को लोगो अंकित ५९ वटा टि–सर्ट, ३० वटा टोपी तथा ४० थान कपडा नियन्त्रणमा लिइएको छ। ती सामग्री आसन्न निर्वाचनको प्रचारप्रसारका लागि प्रयोग गर्ने उद्देश्यले भन्सार छली गरेर ल्याइँदै गर्दा फेला परेको बताइएको छ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीका अनुसार भारतबाट लुकाइछिपाइ भित्र्याइँदै गरेको अवस्थामा उक्त सामग्री बरामद गरिएको हो। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित