निर्वाचन सुरक्षाका लागि कैलालीका सीमा नाका तीन दिन बन्द गरिने

सार्थक ब्यूरो।आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले भारतसँग सिमाना जोडिएको कैलाली जिल्लाका सबै सीमा नाका अस्थायी रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय कैलाली ले जारी गरेको सूचनाअनुसार फागुन १९ गते सोमबार राति १२ बजेदेखि फागुन २२ गते बिहीबार राति १२ बजेसम्म नाका बन्द रहनेछन्।
प्रशासनका अनुसार उक्त अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधन सञ्चालन गर्न अनुमति दिइने छैन। एम्बुलेन्स, पानी तथा इन्धन बोकेका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल तथा विद्युत् सेवासँग सम्बन्धित सवारी साधनलाई भने आवतजावतमा सहुलियत प्रदान गरिनेछ। साथै नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी र प्रशासनबाट स्वीकृति प्राप्त सवारी साधनलाई मात्र आवागमनको अनुमति रहने जनाइएको छ।
निर्वाचन अवधिमा सुरक्षा व्यवस्थालाई कडाइका साथ लागू गर्दै मतदातालाई सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ। उक्त सूचना प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा हस्ताक्षरित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित