चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को

सार्थक व्युरो ।

महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ । कञ्चनपुरमा शुक्रबार मात्रै ३२ भन्दा बढी स्थानीय विभिन्न दल परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन् ।

भीमदत्त नरगपालिका–०९ स्थित ब्रह्मदेव बजारमा आयोजित चुनावी कार्यक्रममा पूर्व प्रहरी सहायक निरीक्षक विनोद पाल, पूर्व माओवादीका दशरथ गिरीसहित दीपक चन्द, सुरज नाथ, जगदीश नाथ, किसन कुँवर, राजु विष्ट, विशाल कार्की, लोकेश चन्द, राजेश चुनारा, महेश चुनारा, डम्बर बहादुर कार्की, सुरेश लुहार, रोशन खड्का, गणेश लुहार, देवी नाथ, मनोज पाल, हिरा राम कोली, सुरज धामी, अस्मीन कार्की, प्रकाश पाल, हरि सिंह कार्की, अनिल साउद, नरेश रावल, दामोदर सिंह, पार्वती कार्की, राजेश नाथ, शंकर राम भुल, नैन सिंह रावतलगायत एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई एमाले कञ्चनपुरका जिल्ला इन्चार्ज निरुदेवी पाल, कञ्चनपुर–३ का उम्मेदवार डा. दीपक प्रकाश भट्ट तथा नेता राजेन्द्र सिंह रावल लगायतले स्वागत गरेका थिए ।

एमालेले कञ्चनपुरमा चुनावी अभियानलाई आक्रामक बनाउँदै घरदैलो भेटघाट कार्यक्रमलाई तीव्रता दिएको छ । उम्मेदवार भट्टले दोधराचाँदनीमा सुख्खा बन्दरगाह र महाकाली करिडोर निर्माण कार्यलाई सम्पन्न गरि कञ्चनपुरलाई त्रिदेशीय नाकाको रुपमा विकास गर्ने लगायतका योजना अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित