ओलीको विकल्प छैन, ठेगाना बिनाका झिल्केबाट सचेत बनौं : योगेश भट्टराई

सार्थक व्युरो ।

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन्।

आइतबार दमक १ मा आयोजित चुनावी कार्यक्रममा उनले विकस, राष्ट्रियता र राष्ट्रवादी अडानका कारण ओलीको विकल्पमा अरु नेता नभएको र आसन्न चुनावमा यस क्षेत्रमा समेत ओली नै निर्विकल्प रहेको बताएका हुन्।

आफू ताप्लेजुङ्को बासिन्दा भएको उल्लेख गर्दै त्यहाँको तुलनामा झापा ५ मा भएको विकासले पनि यहाँका मतदाताले ओलीलाई नै रोज्नेमा आफु ढुक्क रहेको भट्टराईले बताए।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहतर्फ लक्षित गर्दै भट्टराईले चुनावको मुखमा कतिपय ठेगानाबिनाका झिल्केहरु उम्मेद्वार भएको र त्यस्ताको इतिहास र भविष्य केहि नहुने बताए।

‘उनीहरु आँफैको त न इतिहास छ, न भविष्य छ, त्यस्ताबाट देश र जनताले के अपेक्षा गर्न सक्छन् र’– उनले भने।

भट्टराईले अहिले देश र संविधानलाई संकटमा पार्न खोजिएको भन्दै एमाले देशको अभिभावक पार्टी भएकाले चुनावपछि सबै सम्हाल्ने दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित