सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

टिकापुर पार्कमा उच्च पर्यटक ,एकै दिन राजस्वमा नयाँ कीर्तिमान

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८३ बैशाख ३, बिहीबार ७:०८
in Breaking (With Image), आर्थिक समाचार, समाचार, सुदूरपश्चिम प्रदेश
0
टिकापुर पार्कमा उच्च पर्यटक ,एकै दिन राजस्वमा नयाँ कीर्तिमान

सार्थक व्युरो ।कैलालीको टिकापुरस्थित पार्कमा नयाँ वर्षको पहिलो दिन पर्यटकको उल्लेखनीय भीड देखिँदा राजस्व संकलनले नयाँ रेकर्ड कायम गरेको छ। सो दिन १४ हजार ८ सयभन्दा बढी पर्यटकले पार्क अवलोकन गरेका थिए भने प्रवेश शुल्कबाट करिब ७ लाख ७० हजार रुपैयाँ आम्दानी भएको जनाइएको छ।
टिकापुर नगरपालिकाको पार्क व्यवस्थापन शाखाका अनुसार अघिल्लो वर्षको सोही दिनको तुलनामा यस वर्ष पर्यटक आगमन र राजस्व दुवैमा उल्लेख्य वृद्धि भएको हो। गत वर्ष वैशाख १ गते झण्डै ५ लाख रुपैयाँ राजस्व उठेकोमा यसपटक सो आँकडा निकै माथि पुगेको छ।
अत्यधिक भीडका कारण दिउँसोपछि पार्क क्षेत्रतर्फ जाने सडकमा सवारी चाप बढेर आवागमन प्रभावित भएको थियो। स्थानीय बासिन्दाका अनुसार विशेषगरी रानी कुला क्षेत्रमा रहेको साँघुरो पुलका कारण लामो समयसम्म जाम भएको र केही पर्यटक पार्क प्रवेश नै नगरी फर्किनु परेको अवस्था देखिएको थियो।
नगरपालिकाको राजस्व शाखाले दिएको जानकारी अनुसार पार्कबाट संकलित आम्दानी पछिल्ला वर्षहरूमा निरन्तर बढ्दो क्रममा छ। आर्थिक वर्ष २०८०/८१ मा ६४ लाख रुपैयाँ संकलन भएकोमा २०८१/८२ मा यो बढेर ९३ लाख ४४ हजार रुपैयाँ पुगेको थियो। चालु आर्थिक वर्षको नौ महिनामै भने १ करोड ८ लाख रुपैयाँ राजस्व उठिसकेको छ।
प्रवेश शुल्क प्रतिव्यक्ति ५० रुपैयाँ रहेको यस पार्कले प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्व र कर्णाली नदीमा हुने जलविहार जस्ता गतिविधिका कारण पर्यटक आकर्षित गर्दै आएको छ।
नगरपालिकाले पार्कको थप विकासका लागि करिब १४ करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी संघीय सरकारसँग बजेट माग गरेको जनाएको छ। प्रस्तावित योजनामा पार्किङ स्थल विस्तार, बाल उद्यान निर्माण तथा पुराना संरचनाको मर्मतसम्भार समावेश छन्।
ऐतिहासिक रूपमा पनि यो क्षेत्र महत्वपूर्ण मानिन्छ। तत्कालीन राजा महेन्द्र शिकारका क्रममा सुदूरपश्चिम पुगेका बेला विसं २०२४ चैत २४ मा स्वास्थ्य समस्या आएपछि टिकापुरमा अवतरण गरी केही समय यहीँ विश्राम गर्नुभएको थियो। त्यसपछि सो क्षेत्रलाई पार्कका रूपमा विकास गर्ने पहल सुरु भएको मानिन्छ। हाल पार्कभित्र महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम वाटिका लगायत संरचना र विभिन्न प्रजातिका गुलाब बगैँचा रहेका छन्, जसले यहाँको आकर्षण थप बढाएको छ।

Previous Post

लालझाँडीमा २२३ जनामा सिकलसेल–थालसेमिया ‘ट्रेट’ भेटियो

Next Post

टोल विकास संस्थालाई पूर्वाधार निर्माणको जिम्मेवारी, टिकापुरमा स्थानीय सहभागिता बढ्दै

Next Post
टोल विकास संस्थालाई पूर्वाधार निर्माणको जिम्मेवारी, टिकापुरमा स्थानीय सहभागिता बढ्दै

टोल विकास संस्थालाई पूर्वाधार निर्माणको जिम्मेवारी, टिकापुरमा स्थानीय सहभागिता बढ्दै

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.