सार्थक व्युरो ।सर्वोच्च अदालतले एकल महिला (विधवा) ले पुनः विवाह गरेपछि पूर्व श्रीमानबाट प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी प्रावधान अमान्य ठहर गरेको छ। यससँगै उक्त व्यवस्था अब कार्यान्वयनमा नरहने भएको छ।कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासले मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २१४(२) मा रहेको उक्त प्रावधान खारेज गर्ने निर्णय गरेको हो।उक्त दफामा विधवाले पुनर्विवाह गरेमा उनले अंशका रूपमा पाएको सम्पत्ति, यदि अघिल्लो पति तर्फका सन्तान भए ती सन्तानलाई र सन्तान नभए आफैँले लिन पाउने व्यवस्था थियो।
महिला कानुन र विकास मञ्चको पहलमा तथा वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाद्वारा दायर रिट निवेदनमा उक्त प्रावधान संविधानले सुनिश्चित गरेको समानताको हकविपरीत रहेको जिकिर गरिएको थियो। सोही निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उक्त व्यवस्था खारेज गरेको हो।


















Discussion about this post