संवैधानिक परिषद् बैठक बोलाइयो, प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने संकेत

सार्थक व्युरो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले परिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सर्वोच्च अदालतका लागि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले बैठक बोलाइएको हो।
परिषद् सचिवालयद्वारा प्रकाशित सूचनामा उल्लेख भएअनुसार बैठक २०८३ वैशाख २४ गते अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय गरिएको छ। बैठकको प्रमुख कार्यसूची प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने रहेको जनाइएको छ।
उक्त बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारीलाई सहभागी हुन आमन्त्रण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित