सार्थक व्युरो । प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रोपटक राज्य व्यवस्था समिति को बैठकमा अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले असन्तुष्टि जनाएको छ।
सुकुम्वासी विस्थापन, सुरक्षा प्रशासन तथा गृह मन्त्रालयसँग सम्बन्धित संवेदनशील विषयमा प्रधानमन्त्रीसँग प्रत्यक्ष जवाफ माग्नुपर्ने अडान कांग्रेसले राख्दै आएको छ। प्रधानमन्त्रीले गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेकाले उहाँको उपस्थितिविना बैठकको औचित्य नरहेको कांग्रेस नेताहरूको भनाइ छ।
सोमबार बिहान ११ बजेका लागि बोलाइएको समिति बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव अनुपस्थित रहेका थिए।
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्री उपस्थित नभएसम्म बैठकमा सहभागी नहुने स्पष्ट पार्नुभयो। उहाँले सुकुम्वासी समस्या लगायत गृह प्रशासनसँग जोडिएका विषयमा प्रधानमन्त्रीबाटै जवाफ आवश्यक रहेको बताउनुभयो।
आङ्देम्बेका अनुसार समिति सभापति Hari Dhakal लाई प्रधानमन्त्रीलाई बैठकमा उपस्थित गराउन पटक–पटक आग्रह गरिएको थियो। प्रधानमन्त्री उपस्थित हुने सुनिश्चित भए मात्रै बैठकबारे जानकारी दिन पनि कांग्रेसले आग्रह गरेको उनले बताए।
प्रधानमन्त्रीको लगातार अनुपस्थितिका कारण राज्य व्यवस्था समितिको बैठक दोस्रोपटक प्रभावित भएको छ। यस घटनाले सरकार र प्रतिपक्षबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको संकेत गरेको राजनीतिक वृत्तमा चर्चा छ।


















Discussion about this post