सार्थक व्युरो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक धनगढीमा सञ्चालन भइरहेको छ। पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा बैठक बसेको हो।
धनगढीस्थित एक होटलमा जारी बैठकमा नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरू सहभागी रहेका छन्।
बैठकमा संसदीय दलका नेता खगराज भट्टले प्रदेशसभा सदस्यहरूको वर्तमान अवस्था र संगठनात्मक गतिविधिबारे शीर्ष नेतृत्वलाई जानकारी गराउने कार्यक्रम रहेको जनाइएको छ। साथै सुदूरपश्चिम प्रदेशको समसामयिक राजनीतिक परिस्थिति र प्रदेश सरकारका गतिविधिका विषयमा पनि छलफल केन्द्रित रहने बताइएको छ।
तत्कालीन नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) बीचको एकतापछि बनेको नेकपाको प्रदेश संसदीय दलको बैठक शीर्ष नेतृत्वको उपस्थितिमा पहिलो पटक आयोजना गरिएको हो।








Discussion about this post