सार्थक व्युरो । अछामको तुर्माखाँद गाउँपालिका–४ नागपर्वतस्थित बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्रमा भगवती शाही स्मृति स्तम्भ उद्घाटन गरिएको छ। नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बास्कोटाले एक कार्यक्रमका बीच उक्त स्मृति स्तम्भको उद्घाटन गरेका हुन्। प्राचीन बागेश्वरी मन्दिर स्थापना गर्न महत्वपूर्ण योगदान पुर्याएका स्वर्गीय भगवती शाहीको सम्मान तथा स्मरणमा स्तम्भ निर्माण गरिएको जनाइएको छ।
बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र विकास समिति नागपर्वत नाडाको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै पूर्वसचिव बास्कोटाले बागेश्वरी क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण भएकाले यसको व्यापक प्रचार–प्रसार आवश्यक रहेको बताए।
समितिका अध्यक्ष लोकेन्द्रबहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यसमिति सदस्य जनकबहादुर शाहीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन समितिका सल्लाहकार नमस्कार शाहले गरेका थिए।
कार्यक्रममा बास नेपालका पूर्वअध्यक्ष मन भण्डारीसहित समितिका पदाधिकारी, सदस्य तथा स्थानीयको उपस्थिति रहेको थियो।
पूर्वसचिव बास्कोटाको आर्थिक सहयोगमा २०७६ माघ १४ गते निर्माण गरिएको उक्त स्तम्भ उद्घाटन समारोहमा उनलाई स्वागत तथा सम्मानसमेत गरिएको आयोजकले जनाएको छ।


















Discussion about this post