सार्थक व्युरो । कैलालीको लम्कीचुहा नगरपालिका–६ गप्कामा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय ५० वर्षीय रामलाल थारु सोमबार दिउँसो आफ्नै ससुरालीको खेत जोत्ने क्रममा से २ त ३८०२ नम्बरको ट्याक्टर चलाइरहेका बेला दुर्घटनामा परेका हुन्। खेत जोत्दै गर्दा ट्याक्टर अनियन्त्रित भई पल्टिएको बताइएको छ।
दुर्घटनापछि ट्याक्टरले च्यापिँदा थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको कारण र अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।


















Discussion about this post