रास्वपाको केन्द्रीय सदस्य निर्वाचन सम्पन्न, अब पदाधिकारी चयनको प्रक्रिया अघि बढ्ने

सार्थक ब्यूरो । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। पार्टी सभापति रवि लामिछानेले आफ्नो मत खसालेपछि पहिलो चरणको निर्वाचन प्रक्रिया औपचारिक रूपमा टुंगिएको हो।
निर्वाचन समितिका अनुसार मतदान गएराति १२ बजेदेखि सुरु भएको थियो। केन्द्रीय सदस्य पदका लागि कुल ३७९ जनाले उम्मेदवारी दिएका थिए।
केन्द्रीय सदस्य चयनका लागि मतदान सकिएसँगै अब पार्टीको पदाधिकारी चयन गर्ने निर्वाचन प्रक्रिया अगाडि बढाइने निर्वाचन समितिले जनाएको छ। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी कार्यदिशा र संगठनात्मक संरचनालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित