सार्थक ब्यूरो । लगातारको वर्षापछि दार्चुलाको पनेबाज क्षेत्रअन्तर्गत तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गको दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण सडकमाथिबाट ठूलो परिमाणमा पहिरो खसेपछि यातायात आवागमन पूर्णरूपमा प्रभावित भएको हो। सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा सञ्चालन हुने सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी पहिरो हटाउने कार्य तीव्र बनाइएको जनाएको छ। मौसममा सुधार नआएसम्म थप जोखिम रहने भएकाले सडक खुलाउन केही समय लाग्न सक्ने अनुमान गरिएको छ।
निरन्तर वर्षा भइरहेकाले पहिरोको उच्च जोखिम रहेका क्षेत्रका बासिन्दा तथा यात्रुलाई विशेष सतर्कता अपनाउन जिल्ला प्रहरीले आग्रह गरेको छ। साथै, आवश्यक सावधानी अपनाएर मात्र यात्रा गर्न र स्थानीय प्रशासनबाट जारी सूचनालाई ध्यान दिन पनि अनुरोध गरिएको छ।


















Discussion about this post