सार्थक ब्यूरो । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएकाले यसको हनन कसैले पनि गर्न नसक्ने बताएका छन्। उनले सरकार प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने वा सीमित गर्ने उद्देश्यमा नरहेको स्पष्ट पारेका छन्।
नेपाल पत्रकार महासङ्घले आज ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता, सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा मन्तव्य राख्दै मन्त्री तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रताको महत्व र संवैधानिक व्यवस्थाबारे पूर्ण जानकारी राखेको बताए।
उनले संविधानले प्रत्याभूत गरेका अधिकारको कार्यान्वयनमा कुनै समस्या देखिए त्यसका समाधानका लागि देशभित्रै संवैधानिक र कानुनी संयन्त्र उपलब्ध रहेको उल्लेख गरे। सञ्चार क्षेत्रसँग सम्बन्धित विषयमा आवश्यक परे सरकार पत्रकार तथा सरोकारवालासँग संवाद र छलफल गर्न सधैँ तयार रहेको उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले सरकारका कामकारबाहीमा गैरजिम्मेवारी देखिए त्यसमाथि प्रश्न उठाउने र जनतालाई जानकारी गराउने दायित्व पत्रकारहरूको महत्वपूर्ण जिम्मेवारी भएको समेत बताए।


















Discussion about this post