सार्थक ब्यूरो । वर्षायामसँगै बारम्बार विद्युत् आपूर्ति अवरुद्ध हुने (ट्रिपिङ) समस्या बढ्न थालेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सञ्चालनमा ल्याएको छ।
मन्त्रालयले मनसुनका बेला उपभोक्ताले भोग्दै आएको ‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने उद्देश्यले अभियान सुरु गरिएको जनाएको छ।
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार विद्युत् आपूर्तिमा समस्या आएको सूचना प्राप्त हुनासाथ तत्काल मर्मत तथा सेवा पुनः सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीलाई आवश्यक उपकरणसहित चौबिसै घण्टा तयारी अवस्थामा राखिएको छ।
मनसुनका कारण विद्युत् प्रसारण तथा वितरण प्रणालीमा आउन सक्ने अवरोधलाई छिटो पहिचान गरी समाधान गर्दै सेवा नियमित, सुरक्षित र भरपर्दो बनाउने दिशामा मन्त्रालयले सक्रियता बढाएको जनाएको छ।
विद्युत् आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भए उपभोक्ताले निःशुल्क हटलाइन नम्बर ११५० वा ११५१ मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।


















Discussion about this post