सार्थक ब्यूरो ।बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रशासन कार्यालय बझाङका विपद् सम्पर्क व्यक्ति नन्दबहादुर धामीका अनुसार दुर्घटनामा तीन जनाले ज्यान गुमाएका हुन्। गम्भीर घाइते पाँच जनाको उद्धार तथा उपचारका लागि हेलिकप्टर परिचालन गरिएको उनले जानकारी दिए।
दुर्घटनाको कारण तथा मृतक र घाइतेहरूको परिचय खुल्न बाँकी रहेको छ। घटनाबारे थप विवरण आउने क्रम जारी रहेको प्रशासनले जनाएको छ।


















Discussion about this post