सार्थक ब्यूरो । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिल निवासी एक महिला शुक्लाफाँटा जंगलमा बाघको आक्रमणमा परी घाइते भएकी छन्।
शनिबार साँझ करिब ५ बजेतिर घाँस काट्न जंगल पुगेकी धनादेवी उपाध्यायमाथि अचानक बाघले आक्रमण गरेको जनाइएको छ।
आक्रमणपछि स्थानीयवासीले तत्काल उनको उद्धार गरी उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पुर्याएका थिए।
अस्पतालका इन्चार्ज जगत महतका अनुसार उपाध्यायको आवश्यक स्वास्थ्य परीक्षणपछि विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थाको नियमित रूपमा अनुगमन भइरहेको अस्पतालले जनाएको छ।
घटनाबारे सम्बन्धित निकायले थप विवरण संकलन तथा आवश्यक अनुसन्धान अघि बढाएको छ। साथै, जंगल क्षेत्रमा घाँस, दाउरा वा अन्य वनजन्य सामग्री संकलन गर्न जाने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।


















Discussion about this post