सुदूरपश्चिममा एमालेका चार मन्त्री पदमुक्त

सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा (एमाले) का चारै जना मन्त्रीलाई पदबाट हटाएका छन्। यसअघि मुख्यमन्त्री शाहले एमालेबाट सरकारमा रहेका मन्त्रीहरूलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर प्रदेश बजेटका विषयमा पार्टीको स्पष्ट निर्णय प्रस्तुत गर्न आग्रह गरेका थिए।
मुख्यमन्त्रीले बजेट पारित गर्ने पक्षमा उभिने वा सरकारबाट बाहिरिने भन्ने विषयमा एक घण्टाभित्र निर्णय सुनाउन एमाले मन्त्रीहरूलाई समयसीमा दिएका थिए।
सरकारमा रहँदै बजेटको विपक्षमा उभिनु उचित नहुने धारणा राख्दै मुख्यमन्त्री शाहले बजेट पारित गर्न सहयोग गर्ने, सरकारबाट अलग हुने वा समर्थन फिर्ता लिनेमध्ये कुनै एक विकल्प रोज्न आग्रह गरेका थिए। तोकिएको समय पूरा हुनुअघि नै उनले एमालेका चारै मन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित