सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८३ श्रावण १०, आईतवार १२:३३
in Breaking (With Image), आर्थिक समाचार, समाचार
0
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

सार्थक ब्यूरो । स्वास्थ्यप्रति नागरिकको बढ्दो सचेतनासँगै शरीरको प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न तथा विभिन्न रोगको जोखिम न्यूनीकरणमा उपयोगी मानिएको मोरिङ्गा ९सजिवनरशितलचिनी०लाई शतप्रतिशत प्राकृतिक रूपमा उत्पादन गरी बराह एग्रो फुड्सले ‘बराह मोरिङ्गा’ बजारमा ल्याएको छ ।
राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा महिला आर्थिक सशक्तीकरणकी अगुवा नेतृ तथा पूर्वमन्त्री भगबती चौधरीले उत्पादनको औपचारिक सार्वजनिक गर्दै प्राकृतिक र शुद्ध खाद्य उत्पादनले स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताइन् ।
उनले सुनसरीको बराहक्षेत्र–१ मा उत्पादन गरिएको बराह मोरिङ्गा भिटामिन, खनिज तथा प्रोटिनको उत्कृष्ट स्रोत भएको उल्लेख गर्दै यसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउनुका साथै स्वस्थ जीवनयापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्दै महिला उद्यमशीलता र युवा स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको उनको भनाइ थियो ।पूर्वमन्त्री चौधरीका अनुसार मोरिङ्गाले शरीरलाई आवश्यक पोषक तत्व उपलब्ध गराउनुका साथै शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुर्‍याउँछ । मधुमेह, उच्च रक्तचापलगायत जीवनशैलीसँग सम्बन्धित समस्यामा समेत यसको उपयोगिता रहेको उनले उल्लेख गरिन् । मोरिङ्गाको फल स्वादिष्ट र पोषणयुक्त भएकाले यसको उत्पादन र उपभोग विस्तार गर्न आवश्यक रहेको उनले जोड दिइन् ।
ग्रामीण महिला उत्सुकता विकास मञ्चको प्राविधिक व्यवस्थापनमा स्थानीय आदिवासी तथा जनजाति महिलाहरूको सक्रिय सहभागितामा उत्पादन गरिएको बराह मोरिङ्गालाई देशव्यापी रूपमा विस्तार गर्दै ग्रामीण क्षेत्रमा महिला उद्यमशीलता र युवाको स्वरोजगार प्रवर्द्धन गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।
कार्यक्रममा युएनडिपी, डी जेड आइ फाउन्डेसन र एलडब्लूआरको वित्तीय तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको यस परियोजनाले स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्दै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरिएको थियो ।
सो अवसरमा समाज कल्याण परिषद्का पूर्व सदस्य सचिव डिल्ली भट्ट, राजश्री विश्वविद्यालयका परीक्षा नियन्त्रक डा। श्यामकिशोर महतो, फरवार्ड माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराई, किसान नेटका अध्यक्ष सूर्य भुसाललगायतका वक्ताहरूले मोरिङ्गाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे चर्चा गर्दै यसको उत्पादन विस्तारले महिला सशक्तीकरण र ग्रामीण अर्थतन्त्रलाई थप गतिशील बनाउने धारणा राखे ।
कार्यक्रममा बराह मोरिङ्गा नियमित सेवन गरिरहेका व्यक्तिहरूले आफ्ना स्वास्थ्य अनुभवसमेत साझा गरेका थिए । उनीहरूले मोरिङ्गा पोषक तत्वको उत्कृष्ट स्रोत भएको उल्लेख गर्दै उत्पादनलाई अझ गुणस्तरीय, आधुनिक प्याकेजिङसहित अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सुझाव दिएका थिए ।
फरवार्ड नेपालका प्रमुख कार्यकारी निर्देशक द्रव्यराज चौधरीले बराह मोरिङ्गाको उत्पादनमा शुद्धता र गुणस्तरलाई प्राथमिकता दिइएको बताउँदै आगामी दिनमा यसको उत्पादन, ब्रान्डिङ र बजार विस्तारलाई थप व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

Previous Post

डा. गोविन्द केसीको आमरण अनशन सुरु, सुदूरपश्चिममा चर्कियो बहस

Next Post

औद्योगिक उपयोग हुन नसक्दा

Next Post
औद्योगिक उपयोग हुन नसक्दा

औद्योगिक उपयोग हुन नसक्दा

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.