सार्थक ब्यूरो । सहकारीको रकम हिनामिना गरेको मुद्दामा अदालतबाट कैद र जरिवाना सजाय सुनाइएपछि फरार रहेका एक व्यक्तिलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का ४१ वर्षीय शिद्दराज सोती रहेका छन्। जिल्ला अदालत कञ्चनपुरले २०८२ मंसिर २ गतेको फैसलामार्फत उनलाई सहकारी रकम हिनामिना अभियोगमा दुई वर्ष कैद तथा ८ लाख ८७ हजार २ सय ७८ रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
फैसलापछि फरार रहेका सोतीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट परिचालित प्रहरी टोलीले सोमबार दिउँसो उनकै निवासबाट नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका सोतीलाई अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै सम्बन्धित निकायमा उपस्थित गराइने तयारी गरिएको छ।


















Discussion about this post