गोदावरी फायरिङ रेन्जमा प्रशिक्षणका क्रममा ग्रिनेड विस्फोट, दुई सैनिक घाइते

सार्थक ब्यूरो । कैलालीको गोदावरी नगरपालिकास्थित सैन्य प्रशिक्षणस्थलमा अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका दुई जना सैनिक घाइते भएका छन्।
बिहीबार बिहान गोदावरी नगरपालिका–४ मा रहेको गोदावरी बनदेवी फायरिङ रेन्जमा देवीदल गण, तेघरी ब्यारेकद्वारा सञ्चालित सैन्य तालिमका क्रममा प्लास्टिक ह्यान्ड ग्रिनेड विस्फोट भएको हो। घटनामा सहायक सेनानी विक्रम कार्की र सैनिक जवान रञ्जित थारु घाइते भएका छन्।
घाइते दुवैको उपचार बोराडाँडीस्थित आर्मी अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरासिंह महराले जानकारी दिएका छन्।
प्रहरीका अनुसार घाइते सैनिकहरूको स्वास्थ्य अवस्था मध्यम रहेको छ। विस्फोट कसरी भयो भन्ने विषयमा सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित