सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८३ मंसिर ९, बुधबार ४:३३
in Breaking (With Image), समाचार, समाज
0
महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज

सार्थक ब्यूरो । महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्ने उद्देश्यसहित आज नोभेम्बर २५ अर्थात् महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ। महिला अधिकार, समानता, सुरक्षा र न्यायको सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय समुदायले यो दिवसलाई विशेष महत्वका साथ मनाउँदै आएको छ।
महिला तथा बालिकामाथि हुने हिंसा अहिले पनि विश्वव्यापी गम्भीर चुनौतीका रूपमा देखिएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार महिला तथा बालिकाविरुद्धको हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन मात्र नभई सामाजिक न्याय, समानता र दिगो विकासको बाधकसमेत हो।
यसैबीच, विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाले आफ्नै घनिष्ठ साथी अथवा परिवारका सदस्यबाट ज्यान गुमाउने गरेको भयावह तथ्य सार्वजनिक भएको छ। संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र संयुक्त राष्ट्रसङ्घीय महिला निकायले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो। उक्त तथ्याङ्कअनुसार दैनिक औसत १३७ जना महिला तथा बालिका हिंसाको सिकार भई मारिने गरेका छन्।
प्रतिवेदनले महिला तथा बालिकाको हत्यालाई उनीहरूमाथि हुने हिंसाको सबैभन्दा क्रूर र चरम रूपका रूपमा व्याख्या गरेको छ। यस्ता घटनाहरू अचानक मात्र नभई लामो समयदेखिको घरेलु दुर्व्यवहार, धम्की, मानसिक तथा शारीरिक यातना, नियन्त्रण र लैङ्गिक असमानतासँग जोडिने गरेको पनि उल्लेख गरिएको छ।
महिला हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रियस्तरमा लामो समयदेखि कानुनी तथा नीतिगत प्रयास हुँदै आएका छन्। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको थियो। त्यसैगरी, सन् १९९३ मा महिलाविरुद्धको हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरिएको थियो।
महिला अधिकारका क्षेत्रमा क्रियाशील अभियन्ताहरूले सन् १९८१ देखि नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थालेका हुन्। डोमिनिकन गणतन्त्रका तत्कालीन तानाशाह राफेल त्रुजिलोको शासनकालमा सन् १९६० नोभेम्बर २५ मा राजनीतिक आन्दोलनमा सक्रिय मिराबल दिदीबहिनीको हत्या गरिएको घटनालाई स्मरण गर्दै यो दिन चयन गरिएको थियो।
पछि संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९९ डिसेम्बर १७ मा प्रस्ताव पारित गरी नोभेम्बर २५ लाई महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता दिएको थियो। त्यसयता विश्वभरका सरकार, नागरिक समाज, अन्तर्राष्ट्रिय निकाय तथा गैरसरकारी संस्थाहरूलाई यस अवसरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आह्वान गरिँदै आएको छ।
यस दिवससँगै आजदेखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म विश्वव्यापी रूपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानसमेत सुरु भएको छ। महिला तथा बालिकामाथि हुने घरेलु हिंसा, यौन दुर्व्यवहार, शोषण, विभेद, मानव बेचबिखन र अन्य सबै प्रकारका हिंसा अन्त्य गर्न राज्य, समाज र नागरिकको साझा प्रतिबद्धता आवश्यक रहेको सन्देश अभियानले प्रवाह गर्दै आएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला तथा बालिकामाथि हुने हिंसालाई विश्वका सबै मुलुक र समुदायलाई प्रभावित पारिरहेको लज्जास्पद समस्याका रूपमा चित्रण गर्दै यसको अन्त्यका लागि प्रभावकारी कदम चाल्न आह्वान गर्नुभएको छ। उहाँले हिंसापीडितलाई न्याय दिलाउने, दोषीलाई कानुनी दायरामा ल्याउने र हिंसा हुनै नदिने रोकथामका उपायलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ।
महासचिव गुटेरेसले हिंसाबाट प्रभावित महिलालाई कानुनी सहायता, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श तथा सुरक्षित आवासको व्यवस्था गर्न र विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सरकारहरूलाई आग्रह गर्नुभएको छ।
त्यसैगरी, संयुक्त राष्ट्रसङ्घकी उपमहासचिव अमिना मोहम्मदले हिंसापीडित महिलाको संरक्षण, न्यायमा सहज पहुँच र पीडकलाई जवाफदेही बनाउने कार्यमा सरकार, समुदाय तथा सरोकारवाला सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभएको छ।
महिला हिंसाविरुद्धको दिवसले केवल औपचारिक कार्यक्रम र नारामा सीमित नभई प्रत्येक महिला तथा बालिकाले भयमुक्त वातावरणमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न विश्व समुदायलाई पुनः सचेत गराएको छ।

Previous Post

प्रधानमन्त्री शाहको भारत भ्रमण : आठ विषयमा समझदारी, २ खर्ब ४० अर्ब आर्थिक सहयोग घोषणा

Next Post

महाकाली नदीको कटान रोकौँ

Next Post
महाकाली नदीको कटान रोकौँ

महाकाली नदीको कटान रोकौँ

Discussion about this post

भर्खरै प्रकाशित

महाकाली नदीको कटान रोकौँ

महाकाली नदीको कटान रोकौँ

२०८३ मंसिर ९, बुधबार ४:५७
महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज

महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज

२०८३ मंसिर ९, बुधबार ४:३३
प्रधानमन्त्री शाहको भारत भ्रमण : आठ विषयमा समझदारी, २ खर्ब ४० अर्ब आर्थिक सहयोग घोषणा

प्रधानमन्त्री शाहको भारत भ्रमण : आठ विषयमा समझदारी, २ खर्ब ४० अर्ब आर्थिक सहयोग घोषणा

२०८३ मंसिर ७, सोमबार ८:४७
भारतमा प्रधानमन्त्री वालेन्द्र शाहलाई गार्ड अफ अनरद्वारा सम्मान

भारतमा प्रधानमन्त्री वालेन्द्र शाहलाई गार्ड अफ अनरद्वारा सम्मान

२०८३ मंसिर ७, सोमबार ८:३२
 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.