सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

‘दशैं सुरक्षा योजनामा दोब्बर प्रहरी परिचालिन गरेका छौं, ढुक्क भएर दशैं मनाउनुस’

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ आश्विन २१, सोमबार ६:३५
in Breaking (With Image), अन्तर्वार्ता, सुदूरपश्चिम प्रदेश
0

हामीले विगतकै घटनाहरुको विश्लेषण गरेर नै सुरक्षा प्रबन्ध मिलाएका छौं । तराईका जिल्लाबाट धेरै जसो मानिसहरु पहाडतिर उक्लिने हुनाले कोही नभएको मौका छोपेर चोरी हुने गरेको पनि विगतको तितो अनुभव छ । तराईका शहरी क्षेत्रमा पनि नियमीत गस्तीको प्रबन्ध गरेका छौं ।

रविन्द्र केसी

 

२०८१ सालको बडादशैं नजिकै आईरहेको छ । दशैंका बेला आपराधिक क्रियाकलाप पनि बढने गर्छन । धेरै मेला महोत्सव र जात्राहरुमा झैझगडा पनि हुने गर्छन । यस्तो बेला जुवातास बढी हुने गर्छन । यातायातका क्षेत्रमा क्षमता भन्दा बढी यात्रु बोक्ने र महंगो भाडा हुनेगर्छ । आम सुदूरपश्चिमबासीको सुरक्षाका लागि नेपाल प्रहरीको तयारी कस्तो छ ? सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक रविन्द्र केसी सँग शिवराज भट्ट ले गरेको अन्तरवार्ता को अंश ।

बडा दशैंको शुभकामना ।
–तपाईलाई पनि ।

दशैं नजिकै आईसक्यो, कस्तो सुरक्षा योजना छ ?
–हामीले सामान्य समयको भन्दा झण्डै दोब्बर प्रहरी परिचालित गरेका छौं । गुल्म र गणमा रहेको प्रहरी जनशक्ति पनि हामीले खटाई सकेका छौं । प्रदेश भरी सादा पोषकका प्रहरी पनि परिचालिन गरिएका छन । ‘क्विक रेस्पोन्स टीम’ ९क्युआरटी० पनि तैनाथ छन । यो भनेको जति बेला पनि घटनास्थलमा पुग्ने टीम हो ।

गस्तीको ब्यवस्थापनक कस्तो छ ?
–हामीले पहाडि जिल्लाहरुका लागि सडक नभएको स्थानमा पैदल गस्तीको पनि ब्यवस्थापन गरेका छौं । पहाडमै पनि सडक भएको ठाउँमा गाडी र मोटरसाईकलमा पनि गस्ती हुन्छ । तराईका २ जिल्ला कैलाली र कञ्चनपुर अझ बढी संवेदनशील जिल्ला हुन । यी दुई जिल्लाका लागि नियमीत गस्ती त हुने नै भयो । मोटरसाईकल र नजिकको क्षेत्रमा साईकल गस्तीको पनि ब्यवस्था गरिएको छ ।

कुन कुन जिल्लाहरु संवेदशसील क्षेत्रमा पर्छन ?
–कैलाली कञ्चनपुरका केही भागहरु संवेदनशील छन । पहाडमा पनि हामीले विगतको घटनाहरु विश्लेषण गरेर योजना बनाएका छौं । पहाडमा रात्रीकालिन जात्राहरुमा अझ बढी झैंझगडा र हुलदंगा हुने गर्छ । त्यसको विश्लेषण गरेर नै हामीले यसपाली सुरक्षा योजना बनाएका छौं । विगतको अवस्था अनुसार त्यहाँ विगतको भन्दा फरक र थप जनशक्ति तैनाथ गरिएको छ ।

ठुलो संख्यामा भारतबाट स्वदेश फर्किनेहरुलाई सीमा क्षेत्रमा असहजताको कुरा आएको छ नी ?
–एकदमै, त्यो कुरा आएको छ । सीमा क्षेत्रमा बडादशैंका लागि घर आउनेहरुको सहजताका लागि हामीले विषेस योजना बनाएका छौं । सीमा क्षेत्रमा भारतीय पक्षबाट हुने समस्याका लागि काउन्टरपार्टसँग हामीले बैठक नै गरेर कुराकानी गरिरहेका छौं । तत्काल देखिने समस्याका लागि काउन्टरपार्ट सँग तुरुन्तै पनि कुरा हुने गरेको छ । मैले त सीमा क्षेत्रमा सडक नै छोपिने गरी राखिएका नेपाल प्रहरीका खोकाछाप्राहरु हटाउन निर्देशन नै दिएको छु । स्वदेश फर्किने नेपालीहरुलाई सहजताका लागि सीमा क्षेत्रका प्रहरी प्रमुखहरुलाई निर्देशन भईसकेको छ । अन्य सुरक्षा निकायसँग हाम्रो राम्रो समन्वय भईरहेको छ । हामीले सीमा क्षेत्रहरुमा नागरिक सहायता कक्ष स्थापना गरेर स्वदेश फर्किने नेपालीहरुलाई सहयोग गरिरहेका छौं ।

दशैं र तिहारका बेला मुख्य सुरक्षा चुनौती के हो ?
–मुख्य चुनौती भनेको पहाडि जिल्लाको रात्रीकालिन मेला र जात्रा नै हो । रात्रीकालिन मेला र जात्रामा अत्यधीक मदिरा विक्रि हुने, मदिराका कारण आपराधिक घटनाहरु हुने, झैझगडा हुने, कतै कतै त मानिसको ज्यान समेत जाने घटनाहरु विगतमा देखिएका छन । हामीले विगतकै घटनाहरुको विश्लेषण गरेर नै सुरक्षा प्रबन्ध मिलाएका छौं । अर्को कुरा हामीले तराईका जिल्लाबाट धेरै जसो मानिसहरु घरमा ताला लगाएर पहाडतिर उक्लिने हुनाले कोही नभएको मौका छोपेर चोरी हुने गरेको पनि विगतको तितो अनुभव छ । त्यसलाई पनि विश्लेषण गरेर हामीले तराईका शहरी क्षेत्रमा पनि नियमीत गस्तीको प्रबन्ध गरेका छौं ।

यात्रुको चापका कारण सवारी साधनहरुमा पनि क्षमता भन्दा बढी यात्रु ओसार्ने गरिन्छ । त्यसका लागि के गरिरहनु भएको छ रु
–दशैंका बेलाको यो अर्को मुख्य चुनौती हो । हामीले क्षमता भन्दा बढी यात्रुओसार्न नदिनका लागि अत्तरिया सहितका चोकहरुमा ट्राफिक प्रहरी परिचालित गरेका छौं । आधा बाटोमा गएर चेकजाँच गर्नुभन्दा सवारी साधनमा चढने ठाउँमै त्यसलाई नियन्त्रण गर्नुपर्छ भनेर हामीले धनगढी बसपार्क, अत्तरिया बसपार्क, महेन्द्रनगर बसपार्कहरुमा ट्राफिक परिचालन गरेका छौं ।

अन्तमा केही भन्नुछ ?
–म सबै सुदूरपश्चिमबासीलाई बडादशैंको शुभकामना दिन चाहन्छु । यो हामी सबैको ठुलो चाड हो, यस चाडलाई आनन्दका साथ मनाऔं भन्न चाहन्छु । हरेक ब्यक्तिको जिम्मेवारी भनेको शान्ति सुरक्षा कायम गर्ने हो, त्यसमा सहयोग गर्न आह्वान गर्न चाहन्छु । जीवन रहे न सबै कुरा रहने हो, त्यसैले जोखिमपूर्ण यात्रा नगर्न अनुरोध गर्न चाहन्छु । नेपाल प्रहरी अहोरात्र खटिएर प्रदेशबासीको सुरक्षा गरिरहेको छ । मज्जाले ढुक्कका साथ दशैं मनाउनुहोस भन्न चाहन्छु ।

Previous Post

सम्झना र क्विन्सीको आधी बाटो हिंडे पछी सार्वजनिक

Next Post

तीन वर्षको अवधिमा अबैध काठसहित ७० जना पक्राउ

Next Post

तीन वर्षको अवधिमा अबैध काठसहित ७० जना पक्राउ

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.