सार्थक ब्यूरो । अमेरिकाबाट बुधवार डिपोर्ट भएर काठमाडौँ ल्याइएका ८ जना नेपालीलाई अध्यागमनले आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
डिपोर्ट हुनेमा १ महिला र ७ पुरुष रहेको पुष्टि भएको छ । त्यसमा २२ वर्षीय युवक समेत रहेका छन् । यस्तै डिपोर्ट भएकी महिला ३५ वर्षकी छन् । प्रहरी उच्च स्रोतका अनुसार डिपोर्ट भएकाहरुमा सबै भन्दा बढी उमेर भएका एक जना ४७ वर्षका छन् । डिपोर्ट हुनेहरूमा शुष्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोपबहादुर, कमल प्रकाश र तीर्थ बहादुर नामका छन् । उनीहरुको थप पहिचान खुलाइएको छैन ।
बुधवार बिहान अमेरिकी जहाजमार्फत उनीहरू सबैलाई काठमाडौँ ल्याइएको थियो । अध्यागमन कार्यालयका प्रमुख तिर्थराज भट्टराईले सबैलाई अध्यागमन प्रक्रिया पूरा भएपछि नेपाल प्रहरीको जिम्मा लगाइएको बताए । नेपाल ल्याइएसँगै उहाँहरुलाई अध्यागमन प्रक्रिया पूरा गरेर हामीले नेपाल प्रहरीलाई जिम्मा लगाएका छौँ’, उनले भने, ‘केही सोध्नुपर्ने भएकाले प्रहरीले पठाइदिन भनेको थियो सोही अनुसार जिम्मा लगाइदिएका छौँ ।
उनीहरूलाई गाडीमा राखेर मानव बेचबिखन ब्युरोमा लगिएको छ । त्यहाँ उनीहरूसँग प्रहरीले आवश्यक सोधपुछ गरेपछि मात्रै छाड्ने बताइएको छ ।


















Discussion about this post