लयमा फर्कंदै अर्थतन्त्र : तथ्य, परिस्थिति र प्रश्नहरू

सार्थक डेस्क।नेपालको अर्थतन्त्र अहिले ‘लयमा फर्कंदैछ’ भन्ने सरकारी अभिव्यक्तिलाई पछिल्लो तथ्यांकले केही हदसम्म पुष्टि गर्छ। तर, यथार्थको विवेचना गर्दा यो सुधारको लय कत्तिको दिगो र सर्वसमावेशी छ भन्ने प्रश्न अनुत्तरित रहन्छ।कोभिड महामारीले अर्थतन्त्रको संरचनात्मक कमजोरी उजागर गर्‍यो। त्यसपछि देखिएको मूल्यवृद्धि, बेरोजगारी, आपूर्ति संकट र राजस्व असन्तुलनले दीर्घकालीन असर पारेको छ। यस्ता चुनौतीहरूमध्ये केही समाधान हुँदै गएको देखिन्छ। नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकारले राजनीतिक स्थायित्व दिइ आर्थिक सुधारका लागि केहीनीति सञ्चालनको लचिलो परिधि तयार गरेको देखिन्छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रस्तुत गरेका कार्यक्रमहरूमा बजेटीय अनुशासन, बैंकिङ सुधार र विप्रेषण व्यवस्थापनका पक्ष सशक्त छन्।
नेपाल राष्ट्र बैंकको १० महिनाको तथ्यांक हेर्दा केही मुख्य सकारात्मक पक्ष यस्ता छन ,शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब रुपैयाँ बचतमा — विगत वर्षको तुलनामा ४६ अर्बले बढी ।चालु खाता, दुई खर्ब ५५ अर्ब रुपैयाँ बचतमा — प्रमुख रूपमा विप्रेषण र वैदेशिक आम्दानीका कारण।विदेशी मुद्राको सञ्चिति १५.२७ अर्ब डलर — १७ महिना १२ दिनको आयात धान्न सक्ने।निर्यात वृद्धि ७२.७५ ले वृद्धि — यद्यपि यो एकपटकको पुनःसञ्चालन प्रभाव हुन सक्छ।महँगी दर घटेर २.७७५ — तर ग्रामीण क्षेत्रमा अझै उच्च ३.२१५ ।यी सबै सूचकहरू सकारात्मक भए पनि, यथार्थ रूपान्तरणका सूचक भने अन्यत्र छन् — रोजगारी सिर्जना, आय वृद्धि, र निजी क्षेत्रको उत्पादन क्षमतामा कत्तिको सुधार भएको छ भन्नेमा।
भ्रमणबापत हुने आम्दानी ८.३५ ले बढ्दा खर्च १७.९५ ले बढेको छ। सेवा व्यापार घाटा ८६ अर्ब रुपैयाँ पुगेको छ। यो तथ्य पर्यटन तथा अन्य सेवा क्षेत्रमा आयातको निर्भरता र सेवा उत्पादन क्षमताको कमी देखाउँछ।त्यसैगरी, निर्यातमा वृद्धि भए पनि आयात अझै उच्च ९१३.१५० दरमा छ, जसले व्यापार घाटा नियन्त्रणमा चुनौती थपेको छ। सस्तो मूल्यका निर्यातका कारण आयातको तुलनामा लाभ कम हुनसक्छ।
१३.२५ ले बढेको विप्रेषण १३ खर्ब ५६ अर्ब पुगेको छ — जुन अहिलेको आर्थिक सुधारको सबैभन्दा बलियो आधार हो। तर यो प्रवृत्ति अस्थायी, निर्भरशील र “प्रतिभा पलायन” को संकेत पनि हो। वैदेशिक श्रम स्वीकृति लिनेहरूको संख्या (७ लाख बढी) अझै मूल अर्थतन्त्र रोजगारी सिर्जना गर्न असमर्थ रहेको संकेत हो।
निजी क्षेत्रलाई प्रवाहित कर्जा ७.३५ ले बढ्नु सकारात्मक देखिए पनि अघिल्लो वर्षको तुलनामा यसमा पर्याप्त सुधार छैन। निक्षेप वृद्धि दर ६.२५ अघिल्लो वर्षको भन्दा कम छ — जुन अर्थतन्त्रमा तरलताको कमी वा लगानी आत्मविश्वासमा कमी देखाउने सूचक हुनसक्छ।
हाल देखिएका सुधारका आधारहरू प्रायः बाह्य स्रोतमा आधारित छन् — जस्तै, विप्रेषण, चालु खाता, विदेशी मुद्राको सञ्चिति। भित्रिय उत्पादन, रोजगारी सिर्जना, घरेलु उद्योगको प्रतिस्पर्धा क्षमता, र सेवा क्षेत्रको सुधार अझै प्रश्नचिह्नमै छन्।यस अर्थतन्त्रलाई दीर्घकालीन लयमा फर्काउन आवश्यक हुने ३ मुख्य तत्वहरू हुन,रोजगारी सिर्जना गर्ने उद्योगगत लगानी,सेवा क्षेत्रमा उत्पादनशीलता वृद्धिको नीति,निर्यातमुखी उत्पादन र आयात प्रतिस्थापन रणनीति अर्थात्, अहिले देखिएको सुधारको लय उत्साहजनक भए पनि त्यसलाई दिगो, समावेशी र संरचनागत सुधारमा रूपान्तरण गर्न सके मात्र नेपाल साँच्चै आर्थिक रूपमा लयमा फर्किएको मान्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित