सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले डेढ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सुदूरपश्चिममा कुल एक खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।प्रदेश सरकारको आर्थिक सर्वेक्षणअनुसार सोही अवधिमा प्रदेशमा जम्मा एक खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। हालसम्म सुदूरपश्चिममा कार्यरत बैंक तथा वित्तीय संस्थाहरूको संख्या ८४९ पुगेको छ। अघिल्लो वर्ष यो संख्या ८४८ थियो। त्यसैगरी बीमा कम्पनीहरूको संख्या पनि २७० पुगेको जानकारी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह थापाले दिएका छन्।
साथै, सुदूरपश्चिमको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० मा पनि सामान्य वृद्धि भएको छ। आर्थिक वर्ष २०७९/८० मा चार खर्ब छ अर्ब ७५ करोड रुपैयाँ बराबर रहेको जीडीपी चालु आर्थिक वर्ष २०८०/८१ मा बढेर चार खर्ब २९ अर्ब ६२ करोड पुगेको छ।
यो वृद्धि राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको ७।०३ प्रतिशत हिस्सा हो। आर्थिक वृद्धि सकारात्मक भएको भन्दै प्रदेश सरकारले यसलाई उत्साहजनक संकेतका रूपमा लिएको छ।


















Discussion about this post