सार्थक ब्युरो। लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव तीव्र रुपमा बढेपछि नेपाल–भारत सीमानामा रहेको शारदा ब्यारेज हुँदै चारपाङ्ग्रे सवारीसाधनको आवागमन अस्थायी रूपमा रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार बुधबार साँझ महाकालीको बहाव एक लाख २६ हजार सात सय १२ क्युसेक पुगेपछि उक्त निर्णय गरिएको हो। नियम अनुसार, महाकाली नदीमा बहाव एक लाख क्युसेक नाघ्नेबित्तिकै शारदा ब्यारेज हुँदै चारपाङ्ग्रे सवारी सञ्चालन रोक्ने प्रावधान रहेको छ।
दुई पाङ्ग्रे सवारीसाधन र पैदल यात्रुलाई भने आवत–जावतको अनुमति दिइएको छ। प्रहरीका अनुसार वर्षायाममा सुरक्षाका कारण शारदा ब्यारेजमा यस्तो रोक समय–समयमा लगाइँदै आएको छ।
महाकाली नदीमा पानीको बहाव अझै बढ्ने क्रम जारी रहेकाले सर्वसाधारणलाई सतर्क रहन समेत आग्रह गरिएको छ।








Discussion about this post