सिद्धनाथ विज्ञान क्याम्पसको स्वर्णजयन्ती वर्ष मनाइदै

महेन्द्रनगर । आजभन्दा ५० वर्षअघि २०३३ साल असार १२ गते त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा स्थापित सिद्धनाथ विज्ञान क्याम्पसले विभिन्न कार्यक्रम गरी आफ्नो स्थापनाको स्वर्णजयन्ती वर्ष महोत्सव मनाउने निर्णय गरेको छ ।

तत्कालीन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा विज्ञान विषयको उच्चशिक्षा पठनपाठन हुने एकमात्र शैक्षिक संस्थाको रूपमा स्थापना भएको यस क्याम्पसमा अध्ययन गरेका हजारौं विद्यार्थीहरू हाल देशविदेशमा वैज्ञानिक, अनुसन्धाता, प्राध्यापक, शिक्षक, डक्टर, इन्जिनियर, राजनीतिज्ञ, राष्ट्रसेवक-कर्मचारी, पत्रकार, सामाजिक अभियन्ता लगायतका विविध क्षेत्र र पेशाको विशिष्ट तहमा कार्यरत छन् ।

क्याम्पस प्रमुख डा. तिलमाया ढकाल (खरेल)को अध्यक्षता एवं क्याम्पस व्यवस्थापन समितिका सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल लगायत विशिष्ट व्यक्तित्वहरूको समुपस्थितिमा बसेको क्याम्पस व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार स्वर्णजयन्ती वर्ष कार्यक्रमअन्तर्गत पूर्वविद्यार्थीहरूको डाटाबेस तयार गर्ने, वार्षिक मुखपत्र अङ्कुरको स्वर्णजयन्ती विशेषाङ्क प्रकाशन, रक्तदान, क्याम्पसका संस्थापक सदस्य एवं विशेष सहयोगी तथा राष्ट्रलाई विशिष्ट योगदान दिने पूर्व विद्यार्थीहरूलाई सम्मान लगायत अन्य विभिन्न प्राज्ञिक तथा सामाजिक कार्यक्रमहरू सम्पन्न गर्ने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित