सार्थक ब्युरो। बेदकोट नगरपालिका ९ सुन्दरपुरस्थित सिद्धनाथ अनमोल क्रसरमाथि गम्भीर आरोप लागेको छ । क्रसरमाथि नविकरण नगरी सञ्चालनमा रहेको आरोप लागेको छ ।
उद्यमी व्यवसायीले क्रसरमाथि नविकरण नगरी अवैध रुपमा सञ्चालन गरिएको आरोप लगाएका हुन् ।
शनिबार होटेल ओपेरा उद्यमी व्यवसायी गजेन्द्र बिक्रम थापाले क्रसरमाथि नविकरण नभएको आरोप लगाएका छन् । व्यवसायी थापाले क्रसरका सवारी साधनले महाकाली नदीमा अवैध उत्खननन गरेको आरोप पनि लगाए ।
स्थानीय तहले बर्खा याम सुरु हुन अगावै खोलानालामा उत्खन्न बन्द हुने गर्छ । जेठदेखि बन्द भएका खोलानाला असोज १ गतेदेखि मात्रै खुल्ने गर्छन् ।
थापाले क्रसर अवैध रुपमा सञ्चालन गरिएको र महाकाली नदीबाट अवैध उत्खनन गरेको विषयमा प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र भीमदत्त नगरपालिकालाई जानकारी गराउन फोन गरेको बताए ।
भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र उप मेयर निलम लेखक जोशी दुबैलाई महाकाली नदीको अवैध उत्खनन सम्बन्धि जानकारी गराउन फोन गर्दा फोन रिसिभ नभएको बताए ।‘अहिले महाकाली नदीबाट अहिले गिट्टी, ढुङ्गा बालुवा उठि राखेको अवस्था छ, ५० देखि ६० साधनले उठाई रहेका छन्, यो कुरा कसरी भई रहेको छ, पैसा खाएर भई रहेको छ कि’ उनले भने ।
थापाले आफूले भीमदत्त नगरपालिकामा गएर महाकाली नदीको नदीजन्य पदार्थ उत्खन्न सम्बन्धिका सम्झौता पत्र हेरेर आएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरालाई अवैध उत्खन्नन सम्बन्धि पत्र पठाएको थापाले बताए ।‘यो कसरी उठेको हो, गलत छ भने कारवाही गर्न प¥यो, सही छ भने त्यो कसरी भयो, मैले यही भनेको छु’ ओपेरामा पत्रकारहरुसित थापाले भने ।
महाकाली नदी किनारमा उत्खन्न गरिएका ल्याइएका सामाग्री राख्न नपाईने भए पनि त्यहाँ हजारौ मेट्रिक टन थुपारिएर राखिएको उनको भनाई छ ।‘यो तपाईहरुले हेरि दिनु होला’ पत्रकारहरुलाई आग्रह गर्दै थापाले भने,‘यो कुनै निकायबाट स्टक प्रमाणित गरिएको छैन, यो अनमोल क्रसरले उठाई रहेको छ ।’थापाले एशियाली विकास बैंक ऋण अनुदान निर्माणको सडक निर्माणमा प्रयोग भएको टाइल समेत गुणस्तरहिन भएको बताए ।एडिबीका कन्सल्टेन्ट गिरिश चन्दलाई यसबारे आफूले कुरा गरेको थापाले बताए ।








Discussion about this post