एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजारभन्दा बढी उत्तीर्ण

सार्थक ब्यूरो । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक विवरणअनुसार कुल ८३ हजार ५६४ परीक्षार्थीले सफलता प्राप्त गरेका छन् ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एक लाख ४३ हजार २५७ जना विद्यार्थी परीक्षामा सहभागी भएको जानकारी दिँदै तीमध्ये ५९ हजार ६९३ जना भने अनुत्तीर्ण रहेको बताए ।
पूरक परीक्षा साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन गरिएको थियो । यसमा गत वैशाखमा सम्पन्न वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ पाएका वा अनुपस्थित भएका विद्यार्थीहरूलाई सहभागी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित